मेलम्ची खानेपानी आयोजना : मुख्य सुरुङमा पठाइयो पानी
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरूङको परीक्षण सोमवार गरिएको छ । आयोजनाको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरूङसम्म पानी हालेर परीक्षण गरिएको हो । काठमाडौंतर्फ पानी आउने मुख्य सुरूङको १ किलोमीटर भित्रसम्म प्रतिसेकेन्ड ५०० लीटर पानी पठाएर गरिएको परीक्षण सफल भएको आयोजनाले बताएको छ ।
आयोजना निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा त्यहाँ भएका विभिन्न संरचनाको परीक्षण भइरहेको आयोजनाले बताएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सुरुङ परीक्षण गर्दा कतै पनि समस्या नदेखिएको बताए । ‘अब अन्य अडिटमार्ग पनि हामी परीक्षण गर्छौं,’ उनले भने, ‘हालसम्म आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।’
आयोजनाको बाँधस्थलदेखि काठमाडौंको सुन्दरीजलसम्म २६ किमी सुरुङ रहेको छ । अब आयोजनामा चारओटा अडिटमार्गमा गेट र सुरुङभित्र भेन्टिलेशनको काम मात्रै बाँकीे छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.करसुन्दर शिरीषले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण