यस्तो पनि गरिछन् सुजाताले
गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाले आफू परराष्ट्रमन्त्री रहेका बेला विदेशी नागरिक छोरीलाई पदीय दुरुपयोग गरी गैरआवासीय नेपाली ९ल्च्ल्० को परिचय उपलब्ध गराएको प्रमाण फेला परेको छ ।
सुजाताद्वारा जर्मन नागरिकता भएकी र बंगलादेशी नागरिक रुबेल चौधरीसँग वैवाहिक सम्बन्धमा रहेकी छोरी मेलानी रोशा जोस्टलाई परराष्ट्र मन्त्रालयको तर्फबाट गैरआवासीय नेपालीको परिचयपत्र उपलब्ध गराइएको हो । सन् २०१० को फेब्रुअरी ८ देखि सन् २०२० को फेब्रुअरी ७ तारेखसम्म दश वर्षको मान्यता रहने गरी मेलानीलाई सुजाताले आफू परराष्ट्रमन्त्री हुँदा उक्त परिचयपत्र बनाइदिएकी हुन् ।
जर्मन नागरिकसँग विवाह गरेर जर्मनीमै जन्मिएका छोराछोरीलाई सुजाताले उतै हुर्काएकी थिइन् । आफ्ना पिता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि रातारात नेपाल फर्किएकी सुजाताले आफ्नो ‘बन्दोबस्ती’ भइसकेपछि छोराछोरीलाई पनि नेपाल ल्याएकी हुन् । तर, उनले छोरा आन्द्रेस र छोरी मेलानीलाई नेपाली नागरिकता दिलाएको जानकारी हुन सकेको छैन ।
छोराको विवाह पोखराको एक प्रतिष्ठित कन्यासँग गराएर अंशबन्डा गरी उनलाई विराटनगरको पाँच बिघा जमिन दिइएको छ । हाल बुढानिलकण्ठमा एक घर खरिद गरी बसेका छोरा आन्द्रेसको आमा सुजातासँग राम्रो सम्बन्ध नभए पनि उनले सुष्मा कोइराला मेमोरिएल ट्रस्टको व्यवस्थापन हेर्दै आएका छन् । बंगलादेशी बनेकी मेलानीका पति रुबेल चौधरी नेपालमा ‘मोस्ट वान्टेड’ को सूचीमा छन् ।
चौधरीमाथि ‘कल बाइपास’ धन्दा सञ्चालन गरी नेपाललाई करोडौं रुपैयाँ क्षती पुर्याएको आरोप छ । रुबेल र मेलानी अहिले बेलायत बस्ने गर्दछन् र सुजाताले पनि नेपाल छोडेर छोरीज्वाइँसँगै बेलायत बसोबास गर्ने षेजना बनाइरहेकी छिन् ।
यो खबर आजको घटना र विचार साप्ताहिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण