हराभरा तोरी फूल्यो खोकनाको बारीमा (फोटोफिचर)
बुधबार, ०५ चैत २०७६, १५ : ०२
ललितपुर । ललितपुरको खोकना प्राचिनकालमा तोरीका लागि प्रख्यात थियो । बढ्दो सहरीकरण तथा बस्ती विकासले खेतीयोग्य जमिन मासिने क्रममा छ । यद्यपि खोकनाले आफ्नो प्राचिन पहिचानलाई अहिले पनि जोगाउने प्रयत्न गरिरहेको छ । खोकनाका बारीमा यतिबेला तोरी हराभरा फूलेको देख्न सकिन्छ ।
यहाँका पुराना बासिन्दा अझै पनि खेतीमा सक्रिय छन् । अन्य सिजनमा तरकारी तथा अन्नबाली लगाए पनि वर्षमा एउटा सिजन खोकनाका बारीमा तोरी फूल्ने गर्दछ । यहाँका किसानले तोरीका लागि प्रख्यात खोकनाको पहिचानलाई अझै जीवन्त राख्ने प्रयास गरिरहेका छन् । खोकनामा अझै पनि तोरी पेल्ने परम्परागत कोल नै प्रयोग गरिन्छ । मुख्य सहरबाट नजिकै रहेको खोकनाको परम्परा, संस्कृति अवलोकनका लागि पर्यटकहरुसमेत पुग्ने गर्दछन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण