एनआईसी एशिया बैंकद्वारा खातावालालाई उपचार वापत १५ लाख रूपैयाँ बिमा रकम भुक्तानी
बुधबार, ०५ चैत २०७६, १९ : ०९
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बिमाअन्तर्गत १५ लाख प्रदान गरेको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले ४ का दिन उक्त रकम बराबरको चेक अग्रवाललाई हस्तान्तरण गरे ।
महेश अग्रवालले बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गरेका हुन् ।
आफ्नो ओपन हर्ट सर्जरी भएपश्चात सो खाताभित्र घातक रोगहरूको बिमा सुविधाअन्तर्गत खातावालाले बिमा रकम दावी गरेका थिए । यसैगरी बैंकको बिमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकहरूले बीमा वापतको ८७ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण