पाकिस्तानमा कोरोना भाइरसबाट दुईको मृत्यु
पाकिस्तानमा कोरोना भाइरसबाट फैलिएको संक्रमण कोभिड–१९ का कारण दुईजनाको मृत्यु भएको पुष्टि भएको छ ।
खैबर पख्तूनख्वा प्रान्तको मरदान जिल्लामा ५० वर्षका एक व्यक्ति र हंगू जिल्लाका ३६ वर्षका अर्का व्यक्ति गरी दुईकाे मृत्यु भएको हो । प्रान्तका वित्त तथा स्वास्थ्यमन्त्री तैमुर खान झगडाले यसबारे पुष्टि गरेका छन् ।
३६ वर्षका ती व्यक्ति भर्खरै दुबईबाट फर्किएको मन्त्रीले जानकारी दिएका छन् ।
उनले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।
पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ ।
पाकिस्तानको राजधानी इस्लामाबाद, पंजाब, सिन्ध, खैबर पख्तूनख्वा र पाकिस्तान प्रशासित कश्मीरमा संक्रमितको संख्या ३ सय ७ पुगेको छ ।
यस्तै, पाकिस्तान प्रशासित कश्मीरमा एक व्यक्तिसमेत संक्रमित भएको पुष्टि भएको छ ।
यसैगरी पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा कोरोना भाइरसका ३ सय जना संक्रमित उपचार गराइरहेका छन् जसमध्ये २ जनाको मृत्यु भइसकेको छ भने २ जना ठिक भएर घर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण