त्रिभुवन विश्वविद्यालयद्वारा अनिश्चितकालसम्मका लागि परीक्षा स्थगित (सूचनासहित)
बिहीबार, ०६ चैत २०७६, १४ : ५१
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण पठनपाठन बन्द गर्नुका साथै हाललाई परीक्षा स्थगन गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालयले बिहीबार एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासलाई ध्यानमा राख्दै अनिश्चितकालसम्मका लागि पठन पाठन र यसअघि तय भएका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णयअनुसार व्यवस्थापन संकाय त्रिवि अन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तह सेमेस्टर प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा शुक्रबारदेखि लागू हुने गरी अनिश्चितकालसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयका डीन प्राडा डिल्लीराज शर्माले जारी गरेको सूचनामा उल्लेख छ ।
विश्वविद्यालयको आजको लागि तय भएको परीक्षा भने निर्वाधरुपमा सञ्चालन गरेको थियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?