त्रिभुवन विश्वविद्यालयद्वारा अनिश्चितकालसम्मका लागि परीक्षा स्थगित (सूचनासहित)
बिहीबार, ०६ चैत २०७६, १४ : ५१
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण पठनपाठन बन्द गर्नुका साथै हाललाई परीक्षा स्थगन गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालयले बिहीबार एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासलाई ध्यानमा राख्दै अनिश्चितकालसम्मका लागि पठन पाठन र यसअघि तय भएका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णयअनुसार व्यवस्थापन संकाय त्रिवि अन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तह सेमेस्टर प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा शुक्रबारदेखि लागू हुने गरी अनिश्चितकालसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयका डीन प्राडा डिल्लीराज शर्माले जारी गरेको सूचनामा उल्लेख छ ।
विश्वविद्यालयको आजको लागि तय भएको परीक्षा भने निर्वाधरुपमा सञ्चालन गरेको थियो ।
यो पनि...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
