ब्रोकर कार्यालयमा एकपटकमा ५ जनाभन्दा बढी जान नपाउने
काठमाडौं । अबदेखि ब्रोकर कम्पनीमा ५ जना भन्दा बढी जान नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले सरोकारवालाहरुको छलफल पछि यस्तो निर्णय गरेको हो । बिहिबार (आज) बोर्डमा धितोपत्र बजार सम्बद्ध विभिन्न पाँच लगानीकर्ता संघले पेश गरेको ज्ञापन पत्र तथा उक्त पाँच लगानीकर्ता संघहरुका प्रतिनिधिहरु, स्टक एक्सचेञ्जका उच्च पदाधिकारी, स्टक ब्रोकर एशोसिएसनका पदाधिकारी र बोर्डका पदाधिकारी वीच कोरोना भाइरसका कारण फैलिएको त्रास र यसबाट विभिन्न आर्थिक गतिविधिहरुमा परेको प्रभाव तथा असर सम्बन्धमा छलफल भएको थियो ।
धितोपत्र दलाल व्यवसायीहरुले स्क्रिन एक्जिबिसन रुम पनि बन्द गर्नुपर्नेछ । यस्तै कार्यालयमा कर्मचारी तथा लगानीकर्ता प्रवेश गर्दा हात सफा गर्ने, स्यानिटाइजर तथा मास्कको प्रयोग र तापक्रम मापन गर्ने व्यवस्था मिलाउन बोर्डले भनेको छ । कोरोना भाइरस तथा यसबाट बच्ने उपाय सम्बन्धी सूचनामूलक जानकारी प्रवेशद्वारमा राख्ने व्यवस्था मिलाउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण