बिजुली चोरेर रानीपोखरी पुनर्निर्माण गरिँदै, झन्डै ३ लाख रुपैयाँ असुली गर्ने निर्णय
ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणका लागि बिजुली चोरेर काम भइरहेको फेला परेको छ । नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले रानीपोखरीको छेउबाट गएको वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरी पुनर्निर्माणमा बिजुली प्रयोग भइरहेको फेला पारेको हो ।
टोलीले विद्युत् चोरी गरी प्रयोगमा ल्याएका पानी तान्ने मोटर, वत्तिलगायतका उपकरण नियन्त्रणमा लिएको छ । रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिबाट भइरहेको छ ।
केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठका अनुसार, फिल्ड रिपोर्ट र एक वर्षको खपत विवरणलाई आधार मानी दुई लाख ९५ हजार आठ सय ९२ रुपैयाँ उपभोक्ता समितिबाट असुल गर्ने निर्णय भएको जानकारी दिए ।
उनले डाइरेक्ट हुकिङबाट एक लाख ४७ हजार आठ सय २३ रुपैयाँको विद्युत् चोरी भएको, त्यसमा शतप्रतिशत जरिवाना, लाइन काटेको र मूल्य अभिवृद्धिकरसहित दुई लाख ९५ हजार आठ सय ९२ रुपैयाँ निर्धारण गरिएको जानकारी दिए ।
उनले भने, ‘उपभोक्ता समितिले बुधबार निर्धारण गरिएको रकम बुझाइसकेको छ, अब मिटर राखी विद्युत् जडान गर्ने तयारी भइरहेको छ ।’
रानीपोखरी पुर्ननिर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएर गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण