बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

शनिबारदेखि चैत ३० गतेसम्म मनकामना केवलकार बन्द

बिहीबार, ०६ चैत २०७६, १७ : १८
बिहीबार, ०६ चैत २०७६

चितवनको कुरिनटारस्थित मनकामना केबुलकार शनिबार (चैत ८) देखि आगामी चैत ३० गतेसम्म बन्द हुने भएको छ ।  कोरोना भाइरस संक्रमणको त्रास फैलिएपछि केवलकार बन्द गर्ने निर्णय गरिएको हो । 

कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउन शनिबारदेखि मनकामना केवलकार बन्द गर्ने निर्णय गरिएको कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठ जानकारी दिए । 

उनले चैत ३० गतेबाट पुनः केवलकार संचालनमा ल्याइने जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप