शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाप्रति सावधानी अपनाउँदै नोबेलले सुरु गर्यो ‘फेस डिटेक्टर’ हाजिरी

बिहीबार, ०६ चैत २०७६, १९ : ३५
बिहीबार, ०६ चैत २०७६

बिराटनगर– विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणप्रति सावधानी अपनाउँदै नोबेल शिक्षण अस्पतालमा कर्मचारीको हाजिरी गर्ने तरिका परिवर्तन गरिएको छ । नोबेलले बायोमेट्रिक हाजिरी बन्द गरेर ‘फेस डिटेक्टर’ हाजिरी सुरु गरेको हो । 

करिव १ हजार ७ सय कर्मचारी कार्यरत नोबेलमा यसअघि बायोमेट्रिक हाजिरी प्रयोग गरिदै आएको थियो । बायोमेट्रिक हाजिरीमा हरेक कर्मचारीले औठा छाप लगाउँनुपर्ने हुँँनाले संक्रमण फैलनसक्ने अवस्थालाई मध्यनजर गर्दै नछोई गर्न मिल्ने ‘फेस डिटेक्टर’ हाजिरी प्रयोगमा ल्याईएको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिईन् ।

‘फेस डिटेक्टर’ मा हाजिरी मेसिन नछोई अनुहार देखाएको भरमा हाजिरी हुन्छ । ‘फेस डिटेक्टर’ हाजिरी प्रयोगमा ल्याईएपछि हाजिरी मार्फत हुँने संक्रमणको जोखिम टरेको भन्दै कर्मचारीहरु पनि खुशी भएका छन् । ‘फेस डिटेक्टर’ हाजिरी गर्दा प्रत्यक्ष छुनु नपर्ने हुँनाले हाजिरीकै माध्यमबाट भाइरस संक्रमणको जोखिम नहुँने चिकित्सकहरुको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप