कोरोनाप्रति सावधानी अपनाउँदै नोबेलले सुरु गर्यो ‘फेस डिटेक्टर’ हाजिरी
बिराटनगर– विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणप्रति सावधानी अपनाउँदै नोबेल शिक्षण अस्पतालमा कर्मचारीको हाजिरी गर्ने तरिका परिवर्तन गरिएको छ । नोबेलले बायोमेट्रिक हाजिरी बन्द गरेर ‘फेस डिटेक्टर’ हाजिरी सुरु गरेको हो ।
करिव १ हजार ७ सय कर्मचारी कार्यरत नोबेलमा यसअघि बायोमेट्रिक हाजिरी प्रयोग गरिदै आएको थियो । बायोमेट्रिक हाजिरीमा हरेक कर्मचारीले औठा छाप लगाउँनुपर्ने हुँँनाले संक्रमण फैलनसक्ने अवस्थालाई मध्यनजर गर्दै नछोई गर्न मिल्ने ‘फेस डिटेक्टर’ हाजिरी प्रयोगमा ल्याईएको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिईन् ।
‘फेस डिटेक्टर’ मा हाजिरी मेसिन नछोई अनुहार देखाएको भरमा हाजिरी हुन्छ । ‘फेस डिटेक्टर’ हाजिरी प्रयोगमा ल्याईएपछि हाजिरी मार्फत हुँने संक्रमणको जोखिम टरेको भन्दै कर्मचारीहरु पनि खुशी भएका छन् । ‘फेस डिटेक्टर’ हाजिरी गर्दा प्रत्यक्ष छुनु नपर्ने हुँनाले हाजिरीकै माध्यमबाट भाइरस संक्रमणको जोखिम नहुँने चिकित्सकहरुको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण