कनेक्ट आइपीएस ई–पेमेन्ट अब निःशुल्क

काठमाडौं– बैंक वित्तिय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उद्देश्यका साथ नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत्र मसान्तसम्मका लागी मिनाहा गर्ने व्यवस्था गरेको छ ।
मोबाईल एप्स, वेब, सदस्य बैंकको इन्टरनेट÷मोबाइल बैंकिङ च्यानल तथा अन्य इनडाइरेक्ट÷टेक्निकल सदस्यको च्यानल लगायतबाट कनेक्ट आइपीएस ई–पेमेन्टमार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने व्यहोरा कम्पनीले जनाएको छ ।
बैंक वित्तिय संस्थाहरुमा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तिय कारोबार पनि सहज ढङले सन्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरिएको हो । यसले सर्वसाधारणले अनलाइन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने अपेक्षा गरिएको छ ।
कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीमा एक वा सो भन्दा बढी बैंक खाता लिंक गरी फण्ड ट्रान्स्फरलगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यसको वेबबाट रु १० लाख र मोबाईल एप्सबाट रु १ लाख सम्मको प्रति कारोबार रियल टाइममा गर्न सकिन्छ । कनेक्ट आइपीएसको फण्ड ट्रान्सफर सुविधा विभिन्न बैंक वित्तिय संस्थाको मोबाइल÷इन्टरनेट बैंकिङमा पनि उपलब्ध रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएल नेतृत्वबारे खुमलटारमा जुटेन सहमति, भोलि निर्वाचन हुने
-
फोनपेको स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५ सुरु
-
शिक्षक महासंघको छलफललाई देखाएर विद्यालय शिक्षा विधेयकबाट पन्छिँदै सरकार
-
नेसपा (नयाँ शक्ति) को लोगो र चिन्ह दुरुपयोग नगर्न यादव समूहलाई निर्वाचन आयोगले गरायो सचेत
-
एनसेलको ‘लिग अफ क्रिएटर्स’ सुरु : १० लाख रुपैयाँको ब्रान्ड डिल जित्ने सुनौलो अवसर
-
दोधारा चाँदनी सुक्खा बन्दरगाहको निर्माण कार्य दुई महिनाभित्र सुरु हुने