कोरोना नियन्त्रण अभियानः चीनद्वारा नेपाल लगायत २२ देशसँग भिडियो कन्फ्रेन्स
शुक्रबार, ०७ चैत २०७६, १९ : ५०
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को जोखिम न्यूनिकरण र अनुभव आदान प्रदानका लागि चीनले नेपाल लगायतका विभिन्न देशहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ । भिडियो कन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान भुटान लगायत विभिन्न २२ देशहरुको सहभागिता रहेको थियो ।
कन्फ्रेन्सबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले चालेको कदम र पाएको सफलताका विषयमा अन्य मुलुकहरुलाई जानकारी दिइएको थियो । भिडियो कन्फ्रेन्समा सहभागी देशहरुले कोरोनाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरलाई कसरी सामना गर्ने भन्ने विषयमा चीनसँग जानकारी लिएका थिए ।
कोरोनाको उद्गमस्थल चीनसँगे उसले पाएको कोरोनाविरुद्धको सफलता र कोरोना नियन्त्रणका लागि अरु देशलाई गर्न सक्ने सहयोग विषयमा समेत छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण