कोरोनाबाट विश्वभर १० हजार ५ सय ४५ को मृत्यु (अपडेट)
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण शुक्रबारसम्म १० हजार ५ सय ४५ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको विवरणअनुसार संसारभरी दुई लाख ४६ हजार १७८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
सङ्क्रमित व्यक्तिहरुमा ८८ हजार ४८३ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ४७ हजार ६४६ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परीसकेको छ ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २४८ व्यक्तिको मृत्यु भएको छ भने, ८० हजार ८६७ जना सङ्क्रमित रहेका छन् ।
हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण तीन हजार ४०५ व्यक्तिको मृत्यु भएको छ । हाल ४१ हजार ३५ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारकाअनुसार चार हजार ४४० व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार २४८ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ४०७ जना सङक्रमित रहेका छन् । पाँच हजार ९७९ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ। स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण ८३१ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ७७ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार एक हजार १०७ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण ४४ व्यक्तिको मृत्यु भएको छ । हाल १५ हजार ३२० जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार ११५ उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको कारण २१७ व्यक्तिको मृत्यु भएको छ । हाल १४ हजार ३६५ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार १२५ उपचारपछि निको भएर घर फर्किएका छन् ।
फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ३७२ व्यक्तिको मृत्यु भएको छ । हाल १० हजार ९९५ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार १ हजार २९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । आठ हजार ६५२ सङ्क्रमित भएका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार २ हजार २३३ उपचारपछि निको भएर घर फर्किएका छन् । स्विजरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ४३ व्यक्तिको मृत्यु भएको छ । चार हजार २२२ सङ्क्रमित भएका छन् । यसैबीच १५ जना भने उपचारपछि घर फर्किएका छन् ।
बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण १४४ व्यक्तिको मृत्यु भएको छ । तीन हजार २६९ सङ्क्रमित भएका छन् । यसैबीच ६५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
भारतमा हालसम्म कम्तीमा २०१ वटा कोरोनाभाइरस सङ्क्रमणका घटना देखापरेका छन् । देशभर सयौँको सङ्ख्यामा मानिसलाई ’सेल्फ आइसोलेशन’ वा ’क्वारन्टाइन’ केन्द्रमा राखिएको छ । शुक्रबारसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ५ व्यक्तिको मृत्यु भएको छ ।
देशभर विद्यालय र कलेज बन्द गरिएका छन् र धेरै राज्यले भिडभाडमा प्रतिबन्ध लगाएका छन् । तर विज्ञले कोरोनाभाइरस फैलन नदिन भारतले अझ धेरै कदम चाल्नुपर्ने बताइरहेका छन् । पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३०७ पुगेको छ र त्यहाँ सङक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ ।
श्रीलङ्कामा ६०, अफगानिस्तानमा २२, बङ्गलादेशमा १४, माल्दिभ्समा १३ वटा सङक्रमण हालसम्म देखापरेको छ । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण