तनहुँको घाँसीकुवामा बस दुर्घटना, एक जनाको मृत्यु
आइतबार, ०९ चैत २०७६, ०९ : २४

तनहुँ । तनहुँको ब्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहानै बस पल्टिँदा एक युवतीको मृत्यु भएको छ भने १७ जना घाइते भएमा छन् ।
मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९४०० नम्बरको बस नियन्त्रण गुमाएर बिहान पौने ४ बजे पल्टिएको थियो ।
मृत्यु हुनेमा तनँहुको शुक्लागण्डकी नगरपालिका २ की २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १७ जनामध्ये एक जनालाई उपचारको लागि बीएण्डबी अस्पताल ललितपुर पठाइएको छ । अन्य दुई जनालाई मणिपाल अस्पताल पोखरा पठाईएको छ भने १२ जनाको रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको छ । सामान्य घाइते दुई जना उपचार पश्चात घर फर्केका छन् ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्कल क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने
-
पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित
-
वाणिज्य विभागले गरिरहेको अनुगमनप्रति निजी विद्यालयहरूको आपत्ति
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
३ जना मृतावस्थामा फेला
-
गुजरातविरुद्धको खेलमा विराटको कीर्तिमान तोड्न सक्छन् केएल राहुलले