तनहुँको घाँसीकुवामा बस दुर्घटना, एक जनाको मृत्यु
आइतबार, ०९ चैत २०७६, ०९ : २४
तनहुँ । तनहुँको ब्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहानै बस पल्टिँदा एक युवतीको मृत्यु भएको छ भने १७ जना घाइते भएमा छन् ।
मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९४०० नम्बरको बस नियन्त्रण गुमाएर बिहान पौने ४ बजे पल्टिएको थियो ।
मृत्यु हुनेमा तनँहुको शुक्लागण्डकी नगरपालिका २ की २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १७ जनामध्ये एक जनालाई उपचारको लागि बीएण्डबी अस्पताल ललितपुर पठाइएको छ । अन्य दुई जनालाई मणिपाल अस्पताल पोखरा पठाईएको छ भने १२ जनाको रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको छ । सामान्य घाइते दुई जना उपचार पश्चात घर फर्केका छन् ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण