नेपालगञ्जको जमुनाह नाका एक साताका लागि बन्द
बुटवल । बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमा नाका आजबाट एक हप्ताका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । कोरोना भाइरसको रोकथामको प्रयासमा नेपाल र भारत देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न रोक लगाइएको सहमति भएको आज बसेको गरेको हो ।
भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीहरुबीच जिल्लास्तरीय बैठकपछि यस्तो निर्णय गरीएको बांके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दिघराज उपाध्यायले रातोपाटीलाई बताए । उनले भनेर्, आज दुवै देशका जिल्ला प्रमुख जिल्ला स्तयरी बैठकले एक हप्ता सम्मका लागि आवत जावत रोक्ने निर्णय गरेको छ । तर ढुवानी गर्न चाहि पाउने छन् ।’
भारतको लखनमा कोरोना आशका गरेका व्यतिहरु भेटिएपछि यो नाकालाई कडा गरिएको हो । यसअघि दुवै देशका अधिकारीहरुबीच नेपालगञ्जमा भएको बैठकले जमुनाहा नाकाबाट आवत–जावत गर्नेहरुको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो ।
भारतसँग जोडिएको खुल्ला सिमानाबाट दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । भारतको लखनउ जमुनिया नाकाबाट यो नाका १ सय ९० किलोमिटरको दुरी पर्ने भएको विशेष सतर्कता अप्नाउन दुवै तर्फका प्रशासकले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण