कोरोनाभाइरसः इरानद्वारा अमेरिकी मद्दत अस्विकार
इरानमा कोरोना भाइरसको संक्रमणबाट पैदा भएको संकटबीच लामो समयदेखिको दुश्मन अमेरिकाले मानवीय सहायतको प्रस्ताव गरेको थियो । इरानले उक्त प्रस्ताव खारेज गरेको छ । मध्यपूर्वमा इरान कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै प्रभावित छ ।
२१ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जबकी १६ सय ८५ को मृत्यु भइसकेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१८ मा इरानसँगको सन् २०१५ मा भएको परमाणु सम्झौता खारेजगरेदेखि यी दुई राष्ट्रबीच तनाव बढ्दो छ । अमेरिकाले इरानमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाएको छ ।
अमेरिकाले मद्दत प्रस्ताव गर्दा इरानका सर्वोच्च नेता अयतोल्लाह खामेनईले भने, ‘अमेरिकाले कोरोना भाइरसबीच विभिन्न पटक मद्दतको प्रस्ताव गरेको छ । अचम्म छ किनभने अमेरिका आफैं पनि विभिन्न कमीसँग जुधिरहेको छ । अर्कोतर्फ उनीहरुमाथि यो भाइरस उत्पत्ति गरेको आरोप पनि छ । ’
खामेनेईले थपे, ‘वास्तविकता के हो, हामीलाई थाहा छैन । तर यस्तो आरोप प्रत्यारोपका बीच एक बुद्धिमान व्यक्तिले के तपाईंमाथि विश्वा गर्न गर्छ ? तपाईंको प्रस्ताव स्विकार गर्न सक्छ ? तपाईंले इरानमा थप संक्रमण फैलने औषधी पनि दिनुभएको हुनसक्छ ।’
यसैे वर्ष जनवरी ३ तारिखमा डोनल्ड ट्रम्पको आदेशमा अमेरिकी सैनिकले ड्रोन हमलामार्फत् इरानका रिभोल्युशनरी गार्डस्का शीर्ष कमान्डर कासीमा सुलेमानीको हत्या गरिएको थियो । उक्त घटनापछि यी दुई देशबीच तनाव थप चर्किएको छ । खामेनेईले भने, ‘अमेरिका हाम्रो लागि नम्बर वन दुश्मन हो । अमेरिका हाम्रो सबैभन्दा कट्टर दुश्मन हो । अमेरिकाका नेता झुटा र धेकेबाज हुन् ।’
इरानमा कोरोना भाइरसको महामारी फैलिएका बेला अमेरिकी प्रतिबन्धका कारण लडाईं कमजोर भएको उनले बताएका छन् । इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी नागरिकलाई यो समस्याको घडीमा आफ्नो सरकारलाई प्रतिबन्ध हटाउन माग गरदिन आग्रह गरेका छन् ।
चीनले पनि अमेरिकालाई कोरोना भाइरसको संक्रमणका कारण इरानलाई प्रतिबन्धबाट मुक्त गरिदिन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण