बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसः इटलीमा मृतकको संख्या ५,४७६, गुहा-यो अमेरिका

सोमबार, १० चैत २०७६, ०७ : ५५
सोमबार, १० चैत २०७६

कोरोना भाइरसले सबैभन्दा धेरै इटलीमा क्षती पुर्याएको छ । इटलीले आफ्नो देशको स्थिती हेरेर अन्य देशले पाठ सिक्न आग्रह गरेको छ ।

कोरोना भाइरसको उत्पत्ति चीनमा भएपनि यसले चीनमा भन्दा इटलीमा विध्वंस मच्चाएको छ । चीनमा गत वर्ष नोभेम्बरमा यो भाइरसको उत्पत्ति भएको थियो ।  

कोरोना संक्रमणका कारण इटलीमा आइतबार मात्रै ६ सय ५१ को मृत्यु भएको छ । यससँगै मृतकको संख्या पाँच हजार ४ सय ७६ पुगेको छ । शनिबार यहाँ ७ सय ९३ को मृत्यु भएको थियो । कोरोना भाइरसको संक्रमणले संसारभरी अहिलेसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ ।

मृतकको संख्या दिनानुदिन वृद्धि भएपछि इटलीको सरकारले अमेरिकाका रक्षा सचिव मार्क एस्परलाई सहयोगका लागि प्रत्यक्ष अपिल गरेको छ । अमेरिकी रक्षा अधिकारले यसबारे जानकारी दिएका हुन् ।

इटलीका रक्षामन्त्रीले एस्परलाई चिकित्सा उपकरण जस्तै, मास्क र भेन्टिलेर सहयोग गरिदिन आग्रह गरेका छन् । साथै इटलीको सरकारले इटलीमा भएका अमेरकी सैनिकलाई स्वास्थ्यकर्मी प्रदान गरिदिन र कोरोना विरुद्ध लडिरहेका इटलीका सैनिकलाई ‘फिल्ड हस्पिटल’ प्रदान गरेर सहयोग गरिदिन पनि आग्रह गरेका छन्  ।

एस्परले केही दिन अघि कोरोना भाइरसविरुद्ध लड्न अमेरिकाको रक्षा विभागमा मास्क र भेन्टिलेटर स्टक गरेर राखिएको जानकारी दिएका थिए । इटलीको सेनाले अस्पताललाई मात्रै भार नपरोस् भनेर फिल्ड अस्पताल निर्माण गर्न सक्ने दक्ष जनशक्तिलाई सक्रिय पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप