कोरोनाका लक्षण थप्न चिकित्सकको माग, यो लक्षण पनि शंकास्पद
अमेरिकी डाक्टरहरुले सुँघ्ने क्षमता र स्वाद लिने क्षमतामा कमी आउनुलाई पनि कोरोना भाइरस (कोभिड–१९) को लक्षण मान्नुपर्ने बताएका छन् । उनीहरुले कोभिड १९ को लक्षणमा यसलाई समावेश गर्न माग गरेका हुन् ।
अमेरिकी एकेडेमी अफ ओटोलेयरेन्गोलोजी– हेड एन्ड नेक सर्जरीका अनुसार एनोस्मियाका लक्षण अर्थात् सुँघ्ने क्षमतामा कमी र स्वाद लिने क्षमतामा कमीलाई पनि कोरोनाको लक्षणका रुपमा लिनुपर्छ ।
‘अन्य लक्षण नदेखिएका तर एनोस्मियाका लक्षण मात्रै देखिएका बिरामीमा पनि अन्ततः कोरोनाको संक्रमण भेटिएको छ,’ एकेडेमीले वेवसाइटमार्फत जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यी लक्षण देखिएकाले सेल्फ–आइसोलेशनमा बस्नुपर्छ र उनीहरुको परीक्षण पनि हुनुपर्छ ।’
यसअघि नाक, कान, घाँटीका चिकित्सकहरुको बेलायतस्थित व्यवसायिक संस्था इएनटी युकेले पनि एमोस्मियालाई नोबेले कोरोना भाइरसको लक्षण मान्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो । सुघ्ने क्षमतामा कमी वा एनोस्मिया स्वासप्रश्वासको समस्यासँग जोडिएको चिकित्सकहरुले लामो समयदेखि बताउँदै आएका छन् ।
‘दक्षिण कोरिया, चीन र इटलीमा कोभीड–१९ पुष्टि भएका ठूलो संख्याका बिरामीहरुमा एनोस्मिया पनि विकास भएको छ,’इएनटी युकेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘ जर्मनीमा संक्रमित ३ मध्ये २ जनामा एमोस्मिया देखिएको खबर आइरहेको छ ।’
सुँघ्ने र स्वाद लिने समस्याको उपचार प्राय ओटोलेयरेन्गोलोजिस्टले गर्छन् । सुँघ्ने समस्याको उपचारका लागि कान, नाक र घाँटीको परीक्षणसँगै मानिसको स्वास्थ्य इतिहास, सुँघ्ने क्षमता परीक्षण लगायत धेरै काम गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
-
नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण