कोरोनाभाइरस उपचार कोषमा नेपाल धितोपत्र बोर्डले ५० लाख सहयोग गर्ने
काठमाडौं– विश्वव्यापी महामारीको रुपमा द्रुत गतीमा फैलिरहेको कोरोनाभाइरस रोगको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका नेपाल धितोपत्र बोर्डले कोरोनाभाइरस उपचार कोषमा ५० लाख रकम जम्मा गर्ने जनाएको छ ।
हाल नेपाल सरकारबाट भैरहेको प्रयास तथा सो प्रयासमा आ–आफनो तर्फबाट सहयोग गर्न नेपाल सरकारबाट आव्हान गरिए बमोजिमको ‘कोरोना भाइरस संक्रमण रोगथामएवं नियन्त्रण उपचार कोष’मा नेपाल धितोपत्र बोर्डको तर्फबाटरु ५० लाख जम्मा गर्ने व्यवस्था गरिएको बोर्डले एक विज्ञप्ती जारी गरी जानकारी दिएको छ ।
विपत्तीको घडिमा नेपाल सरकारले चालेको रोग नियन्त्रणको अभियानमा आ–आफनो तर्फबाट समेत सहयोग पु¥याउन पुँजी बजारका सबै सहभागीहरु नेप्से, सिडीएसी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरु लगायतका संस्थाहरुलाई सो खातामा यथासक्दो रकम जम्मा गरी सहयोग पु¥याउन समेत नेपाल धितोपत्र बोर्डले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण