विश्वभर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ४ लाख नाघ्यो, इटाली र स्पेनको अवस्था भयावह
बुधबार, १२ चैत २०७६, ०० : १७
एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख नाघेको छ । मंगलबार साँझसम्म विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख ९ हजार ३ सय ५५ पुगेको छ । त्यस्तै मृत्यु हुनेहरुको संख्या १८ हजार २ सय ७४ पुगेको छ । मंगलबार मात्र विश्वभर १७ सय ६७ जनाको मृत्यु भएको छ ।
त्यसमध्ये सबैभन्दा बढी इटालीमा एकैदिन ७४३ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ सय ८९ जनाको मृत्यु भएको छ । इरानमा चौबिस घण्टामा १ सय २२ जनाको मृत्यु भएको छ भने बेलायतमा ८७ र नेदरल्यान्डस्मा ६३ जनाको मृत्यु भएको छ । उता, अमेरिकामा पनि एकैदिन ८१ जनाको मृत्यु भएको छ । विश्वभर एकैदिन ३० हजार ५ सय ७३ जना नयाँ संक्रमितहरु देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण