लकडाउन नमानेपछि सप्तरीमा सेना परिचालन
काठमाडौँ । लकडाउनको पहिलो दिन स्थानीयवासीले नमानेपछि सप्तरीमा नेपाली सेना परिचालन गरिएको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउन स्थानीयले उल्लङ्घन गरेपछि सेना परिचालन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीकाअनुसार सप्तरीको राजविराज हनुमाननगर, रुपनी र कल्याणपुरमा नेपाली सेना परिचालन गरिएको हो । प्रहरीलाई नियन्त्रण गर्न समस्या देखिएपछि सेना परिचालन गरिएको सूचना अधिकारी आनन्द ठाकुरले बताए । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अभाव भएपछि सेना परिचालन गर्नुपरेको हो’ उनले भने ।
सप्तरीका अधिकांश बजार खोलिएको छ भने सडकमा सवारीसाधन पनि चलिरहेको छ । गृह मन्त्रालयले थप सुरक्षाकर्मी नपठाउन्जेल सेनाले नै गस्ती गर्ने नेपाली सेनाका सहायक रथी प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
बुधबार बिहानदेखि स्थानीय प्रशासनले प्रमुख बजारमा माइकिङ समेत गराउँदै घर बाहिर ननिस्कन आग्रह गरेको थियो । सेना सडकमा ओर्लेपछि लकडाउनको पूर्णपालना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण