बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन नमानेपछि सप्तरीमा सेना परिचालन

बुधबार, १२ चैत २०७६, १२ : ३०
बुधबार, १२ चैत २०७६

काठमाडौँ । लकडाउनको पहिलो दिन स्थानीयवासीले नमानेपछि सप्तरीमा नेपाली सेना परिचालन गरिएको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउन स्थानीयले उल्लङ्घन गरेपछि सेना परिचालन गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय सप्तरीकाअनुसार सप्तरीको राजविराज हनुमाननगर, रुपनी र कल्याणपुरमा नेपाली सेना परिचालन गरिएको हो ।  प्रहरीलाई नियन्त्रण गर्न समस्या देखिएपछि सेना परिचालन गरिएको सूचना अधिकारी आनन्द ठाकुरले बताए । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अभाव भएपछि सेना परिचालन गर्नुपरेको हो’ उनले भने ।

सप्तरीका अधिकांश बजार खोलिएको छ भने सडकमा सवारीसाधन पनि चलिरहेको छ । गृह मन्त्रालयले थप सुरक्षाकर्मी नपठाउन्जेल सेनाले नै गस्ती गर्ने नेपाली सेनाका सहायक रथी प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । 
बुधबार बिहानदेखि स्थानीय प्रशासनले प्रमुख बजारमा माइकिङ समेत गराउँदै घर बाहिर ननिस्कन आग्रह गरेको थियो ।  सेना सडकमा ओर्लेपछि लकडाउनको पूर्णपालना भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप