लकडाउन उल्लङ्घन गर्ने १ हजार ६३ सवारी साधन प्रहरीको नियन्त्रणमा
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउन उल्लङ्घन गर्ने १ हजार ६३ सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरस (कोभिड १९०) को रोकथामका लागि मंगलबारबाट जारी देशभर लक डाउन जारी छ ।
लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ९२९ वटा दुई पाङ्ग्रे र १३४ वटा साना तथा ठूला सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।
ती नियन्त्रणमा लिएका सवारी साधनलाई बुधबार दिनभर नियन्त्रण लिई सम्झाई बुझाई छाडिएको ढकालले बताए । साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काइएको छ ।
अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षी दलको अवरोधबिच मुख्यमन्त्री सोडारीले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव
-
लोसपा पनि जुट्यो महाधिवेशनको तयारीमा
-
फोर्ब्सको ‘३० अन्डर ३०’मा नेपालबाट श्रेया गिरी र काजोल सेठिया समेटिए
-
प्रतिनिधिसभाको बैठक चार बजेलाई सर्यो
-
मार्गप्रशस्त गर्न रवि लामिछाने तयार, रास्वपाभित्र चार विकल्पमा छलफल
-
ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गर्न इप्पानका अध्यक्ष कार्कीको माग