लकडाउन उल्लङ्घन गर्ने १ हजार ६३ सवारी साधन प्रहरीको नियन्त्रणमा
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउन उल्लङ्घन गर्ने १ हजार ६३ सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरस (कोभिड १९०) को रोकथामका लागि मंगलबारबाट जारी देशभर लक डाउन जारी छ ।
लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ९२९ वटा दुई पाङ्ग्रे र १३४ वटा साना तथा ठूला सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।
ती नियन्त्रणमा लिएका सवारी साधनलाई बुधबार दिनभर नियन्त्रण लिई सम्झाई बुझाई छाडिएको ढकालले बताए । साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काइएको छ ।
अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण