क्वारेन्टाइनले अमेरिकामा डिभोर्स चाहनेको संख्या बढ्दै
एजेन्सी । अमेरिकामा कोरोना भाइरसको महामारीसँगै डिभार्स गर्न चाहेनेको संख्या बढेको छ । कानून व्यवसायीका अनुसार कोरोनाको महामारीपछि डिभोर्सबारे जानकारी लिन आउने संभावित ग्राहकको संख्या दोब्बरले बढेको छ ।
कोरोनाले क्वारेन्टाइन बस्नुपर्ने बाध्यता र विलासी जीवनले पनि सम्बन्ध विच्छेदको चाहना रोक्न नसकेको व्यवसायीहरुको बुझाई छ । आर्थिक क्षतिलाई धनाढ्यहरुले डिभोर्स गर्ने अवसरका रुपमा लिएको कानूनविद् बताउँछन् । न्युयोर्क शहरमा डिभोर्स मुद्दा हेर्नका लागि चर्चित वकिल विलियम डि जाबेलले पेज सिक्ससँग भनेका छन्, ‘पछिल्लो सातादेखि हाम्रोमा डिभोर्सका लागि धेरै फोन आएका छन् । झन्डै ५० प्रतिशतले डिभोर्स प्रक्रिया बढाउन चाहेको संख्या बढेको छ र मैले मेरा साथीभाईको कम्पनीमा पनि यसरी नै फोनको ओइरो रहेको जानकारी पाएको छु ।’
जेवेलले यसअघि जेन वेल्च, बिलिनियर्स जर्ज सोरोस, गल्फर ग्रेग नोम्र्यान, होवार्ड स्ट्रिन, म्याक लउरलगायतको डिभोर्स गराइसकेका छन् ‘जो व्यक्ति व्यस्त जीवन बाँचिरहेका थिए, उनीहरु अहिले चिन्ताजनक घडीमा आफ्नै पार्टनरसँग बस्नुपर्ने अवस्थामा छन् । यस्तोमा विभिन्न समस्या देखिएको हुनसक्छ,’ उनी भन्छन्, ‘यदि धनाढ्यहरु डिभोर्सको आधार खोज्दैछन् भने यो पनि हुनसक्छ उनीहरु अर्थतन्त्र ओरालो लागेकै बेलामा छुट्टिन चाहन्छन् किनकी यस्तो समय आफ्ना पार्टनरलाई दिनुपर्ने पैसा पनि कम हुन्छ । मेरो बुझाईमा आगामी दिनमा हाइप्रोफाइल डिभोर्सका घटना बढ्नेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण