सधैं व्यस्त हुने ठमेल र दरबारमार्गमा यस्तो सुनसान (फोटोफिचर)
बिहीबार, १३ चैत २०७६, १८ : २०

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र हो, ठमेल । अरुबेला विदेशी पर्यटकले भरीभराउ हुने ठमेलमा अहिले सुनसान छ । न त स्वदेशीकै ।
ठमेलमा सञ्चालिन व्यवसाय बन्द छन् ।
कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेपछि ठमेल सुनसान बनेकाे हो ।
एकाध पर्यटक सडकमा देखिन्छन् उनीहरुलाई पनि सडकमा खटिएका प्रहरीले हाल बस्दै आएको ठाउँबाट बाहिर ननिस्कन आग्रह गरिरहेको देख्न सकिन्छ ।
यसैगरी राजधानीको प्रमुख व्यापारिक क्षेत्र हो, दरबारमार्ग । दरबारमार्ग पनि उस्तै सुनसान छ । प्रहरीले सर्वसाधारणलाई घरबाहिर निस्कन कडाइ गर्नुका साथै पासबिनाका यातायातका साधन सञ्चालन पनि गर्न दिएको छैन ।