भाटभटेनीले होम डेलिभरी गर्ने, खाद्यान्न र फलफुल तथा तरकारी चाहिएमा फोन गर्नुहोस्
काठमाडौं– भाटभटेनी सुपरमार्केटले खाद्यान्न, फलफुल तथा तरकारी होम डेलिभरी गर्ने भएको छ ।
कोरोनाभाइरसको महामारी नियान्त्रण र रोकथामका लागि सरकारले देश लकडाउन गरेको छ । यो अवस्थामा सर्वसाधारणलाई खाद्यान्न तथा तरकारी खरिदका लागि सहज होस भनेर ग्रोसरीहरुलाई होम डेलिभरीको व्यवस्था गर्न गृह मन्त्रालयले निर्देशन दिएसँगै भाटभटेनीले यसको सुरुवात गरेको हो ।
गृह मन्त्रालयले ग्रोसरीहरुलाई डेलिभरी भ्यान मार्फत् खाद्यान्न, फलफुल तथा तरकारी घरघरमा र्पुयाउन निर्देशन दिएपछि भाटभटेनी सुपरमार्केटले कल, भाइबर वा ह्वाट्स एपबाट कल र म्यासेजमार्फत् यो सुविधा सुरु गरेको छ ।
भाटभटेनीले आफ्ना सवै स्टोरबाट खाद्यान्नलगायतका सामान उपलब्ध गराउने जनाएको छ । त्यसका लागि ९८०१२४६८०६, ९८०१२४१४४९, ९८०१११८८३७ मा फोन गरी अर्डर गर्ने व्यवस्था भाटभटेनीले गरेको छ ।
काठमाडौं उपत्यकाभित्र रहेका खाद्यवस्तुका सबै स्टोर एवम् बिक्रेताहरुले आ–आफ्ना डेलिभरी भ्यानमार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको हो । आवश्यक पर्ने डेलिभरी भ्यानलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने पनि बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण