कोरोनाको कहरबाट सामान्य जीवनतर्फ फर्कदै हुबेई, तस्विरमा हेर्नुहोस्
चीन बिस्तारै कोरोनाको कहरबाट उस्कन थालेको छ । हुबेइ प्रान्तको ऊहान सहरबाट शुरु भएको यो भाइरस यतिबेला विश्वभर फैलिरहेको छ । अब शनिबारबाट हुबेई प्रान्तमा सबे–वे सेवा सुरु गरिदैछ । बजारहरु खुल्न थालेका छन् भने मानिसहरु बाहिर निस्कन थालेका छन् ।
९ हप्तापछि हुबेईमा लकडाउन हटाइएको छ । त्यहाँ ५० प्रतिशत ठूला कम्पनीहरुले आफ्नो काम शुरु गरेका छन् । जबकि पूरै चीनमा ९० प्रतिशत ठूला कम्पनीमा उत्पादन शुरु भइसकेको छ । साना र मध्यम स्तरका कम्पनीहरु भने अझै संघर्षरत छन् । चीनमा ८० प्रतिशत व्यवसायिक केन्द्रहरु खुलिसकेका छन् । लक्जरी ब्रान्डको स्टोरको बाहिर भीड लाग्न थालेका छ । रेस्टुरेन्ट, होटल, पार्क र जीमा मासिनहरु देखिन थालेका छन् ।
हुबेईको राजधानी ऊहानमा भने अप्रिल ८ सम्म लकडाउन जारी रहनेछ । चीनमा ज्यान गुमाएका ३ हजार २७० मध्ये २५ सयभन्दा बढी ऊहानका रहेका छन् । चीनले गत जनवरी २३ देखि ऊहानमा प्रवेश गर्न र त्यहाँबाट बाहिर निस्कन बन्द गरेको थियो । रेल र हवाई सेवा रद्द गरेको थियो ।
उता, शुक्रबार शंघाईका २ सयभन्दा बढी सिनेमा घरहरु खोल्ने अनुमति दिइएको थियो । तर, त्यसको केही समयमा नै नेशनल फिल्म ब्युरोले देशभरका सिनेमाघरलाई बन्द गर्न निर्देशन दिएको थियो ।
अर्कोतर्फ कोरोनाभाइरसलाई फेरि फैलनबाट रोक्न चीनले विदेशीहरुको प्रवेशमा प्रतिबन्ध लगाएको छ । पछिल्लो समय विदेशबाट आएका ५ सय जनामा कोरोनाभाइरस पोजेटिभ पाइएपछि चीनले यस्तो नीति अख्तियार गरेको हो ।
हेरौँ पछिल्लो समय सामान्य अवस्थामा फर्कर्दै गरेको हुबेई प्रान्तका तस्विरहरु :




















तस्विरहरु : रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण