कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको पत्र ३ करोड जनताको घर घरमा पु-याइने
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायतभरीका जनतालाई घरमै बस्न आग्रह गर्दै पत्र लेख्ने बताइएको छ । शनिबार डाउनिङ स्ट्रिटले यसबारे वक्तव्य जारी गर्दै जानकारी दिएको छ ।
प्रधानमन्त्रीको उक्त पत्र अर्को हप्ता ३ करोड जनताको घर–घरमा पु–याइने पनि जानकारीमा उल्लेख छ ।
वक्तव्य अनुसार पत्रमा बोरिस जोनसोनले लेख्नेछन्ः
हामीलाई थाहा छ, स्थिती सबैभन्दा खराब भएपछि मात्रै राम्रो हुन्छ । तर हामीले सही तयारी अपनाइरहेका छौं । हामीले नियमको जतिसक्दो पालना गर्छौं त्यति नै कम व्यक्तिले ज्यान गुमाउनु पर्नेछ र त्यति नै छिटो जीवन सामान्य अवस्थामा फर्कनेछ । त्यसकारण राष्ट्रिय संकटकालको यो घडीमा कृपया घरमा नै बस्नुहोस्, जीवन बचाउनुहोस् ।’
साथै, बेलायती जनताले पत्रसहित सरकारद्वार जारी कोरोना भाइरसको लक्षण, घरबाट बाहिर निस्कनका लागि आवश्यक नियम र लक्षण देख्दा सेल्फ आइसोलेशनमा बस्नका लागि आवश्यक नियमबारे जानकारी दिइएको लिफलेट पनि पाउनेछन् ।
उक्त लिफलेट र पत्र छाप्न र त्यसलाई घर–घर पु–याउन करिब ७.२ मिलियन डलर अर्थात् करिब ८६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
आफैं कोरोना भाइरसबाट संक्रमित बोरिसले सेल्फ आइसोलेशनमा बसेर भएपनि सरकार हाँक्ने जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण