बिरालोमा पहिलो पटक कोभिड–१९ को संक्रमण भेटियो
बेल्जियममा एउटा बिरालो कोरोनाभइरसबाट संक्रमित भएको फेला परेको छ । कोरोनाभाइरस संक्रमित आफ्नो मालिकबाट बिरालो पनि संक्रमित भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।
बेल्जियमको लिज भन्ने ठाउँमा आफ्नो मालिक कोभिड–१९ बाट संक्रमित भएको एक हप्तापछि बिरालोमा पनि यसको लक्षणहरु देखिएको ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरुले जानकारी दिए ।
बिरालोमा कोभिड–१९ को संक्रमण भएको यो पहिलो घटना हो । यसअघि हङकङमा दुईवटा कुकुरमा कोभिड–१९ को संक्रमण देखिएको थियो ।
‘बिरालोमा झाडापखाला, वान्ता र श्वास प्रश्वासको समस्या देखिएको थियो । अध्ययनकर्ताले बिरोलोको दिसामा कोभिड–१९ को भाइरस फेला परेका थिए,’ प्राध्यापक स्टेभन भान गाउचले भने । बिरालो र उनका मालिकको स्वास्थ्य अवस्थाबारे थप जानकारी दिइएन ।
उता, विश्व स्वास्थ्य संगठनले भने कुकुर र बिरालो जस्ता घर पालुवा जनावरले कोभिड–१९ को भाइरस सारेको हालसम्म कुनै प्रमाण फेला नपरेको स्पष्ट पारेको छ । भान गाउचले पनि बिरालोले मानिसलाई संक्रमण गरेको भन्दा पनि मानिसले बिरालोलाई संक्रमति गरेको बताए ।
‘यो एउटा पृथक घटना हो,’ उनले बेल्जियन पत्रिकासँग कुरा गर्दै भने, ‘जनावरबाट मानिसमा कोभिड–१९ सर्ने सम्भावना निकै न्यून छ ।’
बेल्जियमको नेसनल काउन्सिल फर एनिमल प्रोटेक्सनले पनि जनावारबाट कोभिड–१९ को जोखिम नरहेको बताएको छ ।
बेल्जियममा यस भाइरसबाट ९ हजार बढी संक्रमित भएका छन् भने ३ सय ५० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
स्रोत : हफिङ्टन पोष्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
