कोरोना प्रभावितका लागि ४० करोड सहयोगबारे ट्विंकलले सोधिन् प्रश्न, अक्षयको जवाफ सुनेपछि उनीमाथि गर्व
कोरोनाभाइरसका संकटबीच अक्षय कुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु (४० करोड रुपैयाँ) सहयोग गरेका छन् । उनकी श्रीमती ट्विंकल खन्नाले उनको यो कदमको तारिफ गर्र्दै उनलाई आफ्ना श्रीमानमाथि गर्व भएको बताएकी छिन् ।
ट्विंकललाई विश्वास गर्ने हो भने उनले यति ठूलो रकम दान गर्नेबारे अक्षयलाई प्रश्न सोधेकी थिइन् जसको जवाफ निक भावुक र प्रेरणादायी छ ।
ट्विंकलले अक्षय कुमारको ट्वीटलाई री–ट्वीट गर्दै लेखेकी छिन्, ‘मलाई यी व्यक्तिमाथि गर्व छ । जब मैले उनलाई हामीले यसो गर्न आवश्यक छ भन्ने प्रश्न सोधेकी थिएँ किनभने यो निकै ठूलो रकम हो । यसको जवाफमा उनले यतिमात्रै भने, ‘जब मैले सुरुवात गरेको थिएँ तब मसँग केही पनि थिएन अब अहिले म यो अवस्था छु तसर्थ जसको केही पनि छैन, उनीहरुको सहयोगका लागि म कसरी पछि हट्न सक्छु ?’
The man makes me proud. When I asked him if he was sure as it was such a massive amount and we needed to liquidate funds, he just said, ‘ I had nothing when I started and now that I am in this position, how can I hold back from doing whatever I can for those who have nothing.’ https://t.co/R9hEin8KF1
— Twinkle Khanna (@mrsfunnybones) March 28, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण