चीनबाट आएको सामान भोलि नै प्रदेशमा पुग्ने, एअरपोर्टमा हुँदैछ बाँडफाँड
नेपाल सरकारले चीनबाट खरिद गरेको तथा ‘ज्याक मा’ फाउण्डेसनबाट प्राप्त भएको मास्क तथा पीसीई भोलि (सोमबार) बिहान प्रदेशमा पठाइने भएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठका अनुसार ती मास्क र पीपीई तथा त्यससँग सम्बन्धित उपकरणहरु सोमबार बिहान हेलिकोप्टर मार्फत् प्रदेशमा पठाइन लागिएको हो ।
ती सामग्रीमध्ये अधिकांश सामग्री विमानस्थलबाटै प्रदेश सरकारलाई पठाउन लागिएको हो । त्यसका लागि आइतबार साँझ त्रिभुवन विमानस्थलमा सामान छुट्याउने काम भइरहेको छ ।
विभागका महानिर्देशक श्रेष्ठका अनुसार अहिले तत्कालका लागि प्रत्येक प्रदेशमा ५–५ हजार थान एन ९५ मास्क र एक–एक हजार थान पिपिई पठाउन लागिएको छ । त्यसका लागि नेपाली नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने वा अन्य हेलिकोप्टर प्रयोग गर्ने भन्नेबारे छलफल भइरहेको छ ।
यद्यपि नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने साँझ ६ः२० सम्म हेलिकप्टर माग गरिएकोबारे कुनै जानकारी नआएको बताएका छन् । उनले भने, ‘यसपछि माग आउन पनि सक्ला, तर अहिलेसम्म त्यस्तो कुनै माग आएको छैन । एअरपोर्टमा सामान छुट्याउने काम भने नेपाली सेनाले गरिरहेको छ ।’
ल्याबका सामान भने तत्कालै नपठाइने
विभागका महानिर्देशक श्रेष्ठका अनुसार तत्काललाई एन ९५ मास्क, सर्जिकल तथा पीसीई पठाउन लागिएको भएपनि कोरोना परीक्षणमा प्रयोग हुने ल्याबका मेसिन तथा उपकरण भने तत्कालै नपठाइने भएको छ ।
ल्याबका लागि ल्याइएको मेसिनको परीक्षण (टेष्ट) गर्नुपर्ने र ल्याबका तालिमप्राप्त जनशक्ति पनि पठाउनुपर्ने भएकाले मेसिन, कर्मचारी तथा उपकरण पठाउन केही दिन लाग्नेछ । श्रेष्ठका अनुसार ती सामान र जनशक्ति ३ वा ४ दिनपछि मात्रै प्रदेशमा पठाइने छ ।
शिक्षण अस्पताल तथा ठूला अस्पतालमा विभागले छुट्टै पठाउने
कोरोना भाइरससँग जुध्न आवश्यक उपकरण तथा स्वास्थ्य सामाग्री केही शिक्षण अस्पताल तथा ठूला निजी अस्पताललाई पनि दिइने विभागले जनाएको छ । त्यसका लागि भने विभाग आँफैले अस्पतालहरु छनोट गरी पठाउने तयारी गरेको महानिर्देशक श्रेष्ठले रातोपाटीलाई बताएका छन् ।
श्रेष्ठका अनुसार हाल सरकारसँग पर्याप्तमात्रामा एन९५ मास्क रहेको छ । पिपिईको सङ्ख्या केही कम भएको भएपनि ती सामाग्री पनि केही दिनमा थप आउने भएकाले तत्कालका लागि आवश्यक सामाग्रीहरुको चिन्ता गर्नुपर्ने अवस्था रहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण