इटलीमा एकैदिन ८३७ मृत्यु, मृतकको संख्या १२ हजार नाघ्यो
बुधबार, १९ चैत २०७६, ०५ : ५८
इटलीमा कोरोनाभाइरसका कारण एकैदिन ८ सय ३७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या अहिलेसम्म १२ हजार ४ सय २८ पुगेको छ ।
यस्तै, ४ हजार ५३ नयाँ संक्रमित थपिएसँगै संक्रमितको कूल संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । संक्रमितमध्ये ४ हजार २३ जनाको स्थिती गम्भीर छ ।
यद्यपि, अहिलेसम्म १५ हजार ७ सय २९ जना निको समेत भइसकेका छन् ।
यहाँ गत जनवरी २९ मा पहिलो संक्रमण देखिएयता संक्रमित र मृत्यु हुनेको सिलसिला रोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ
-
महाकाली नदीको बहाब एकाएक बढ्यो, १४ वटा ट्र्याक्टरसहित मजदुर थुनिए
-
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा
-
राष्ट्रपतिका आर्थिक विज्ञको अभिव्यक्तिले शीतल निवासमा हलचल