इटलीमा एकैदिन ८३७ मृत्यु, मृतकको संख्या १२ हजार नाघ्यो
बुधबार, १९ चैत २०७६, ०५ : ५८
इटलीमा कोरोनाभाइरसका कारण एकैदिन ८ सय ३७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या अहिलेसम्म १२ हजार ४ सय २८ पुगेको छ ।
यस्तै, ४ हजार ५३ नयाँ संक्रमित थपिएसँगै संक्रमितको कूल संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । संक्रमितमध्ये ४ हजार २३ जनाको स्थिती गम्भीर छ ।
यद्यपि, अहिलेसम्म १५ हजार ७ सय २९ जना निको समेत भइसकेका छन् ।
यहाँ गत जनवरी २९ मा पहिलो संक्रमण देखिएयता संक्रमित र मृत्यु हुनेको सिलसिला रोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण