सोनाक्षी सिन्हाले कोरोना रोकथामका लागि आर्थिक सहयोग नगरेको भन्दै ट्रोल हुँदा दिइन् कडा जवाफ
भारतमा कोरोनाभाइरसको बढ्दो खतराबीच थुप्रै सेलिब्रिटीले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा बनाइएको कोरोना रोकथाम कोषमा आफ्नो योगदान दिएका छन् । विक्की कौशल, ऋतिक रोशन, अक्षय कुमार, रजनीकान्त, प्रभास, लता मंगेशकर, प्रियंका चोपडासहित थुप्रै सेलिब्रिटीले आर्थिक सहयोग गरे तर अमिताभ बच्चन, शाहरुख खानसमेत केही सेलिब्रिटी छन् जो यो कोषमा सहयोग गर्न अघि सरेका छैनन् । यो सूचीमा सोनाक्षी सिन्हाका नाम समावेश भएको भन्दै उनको निकै आलोचना भइरहेको छ ।
सोनाक्षीले ट्वीटरमा जवाफ दिइन्ः
सोनाक्षीले लेखिन्, ‘ती ट्रोसर्लका लागि केही मिनेटका लागि मौनधारण गर्न चाहन्छु जसले घोषणा गरिएको छैन भने योगदान गरेको छैन भनेर सोच्छन् । अब शान्त हुनुहोस् र आफ्नो समय केही राम्रो काम गर्नका लागि खर्च गर्नुहोस् । भनौं न भनौं, त्यो मेरो मर्जी हो ।’
डिजिटल डेब्यू गर्नेछिन् सोनाक्षीः
कामको कुरा गर्ने हो भने सोनाक्षी चाँडै नै वेब सिरिजमा आफ्नो डेब्यू गर्ने तयारीमा छिन् जुन अमेजन प्राइममा स्ट्रिम हुनेछ । यो क्राइम थ्रिलरको निर्देशन रीमा कागती हुन् जसमा गुलशन देवैया, सोहम शाह र विजय वर्मा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण