लकडाउन प्रभावः ‘पृथ्वीको सतहमा ध्वनी कम्पन कम भएको महसुस’
एजेन्सी । कोरोना महामारीका कारण पृथ्वीका अधिकाँश मुलुकहरुमा भएको लकडाउनका कारण पृथ्वीमा सुनिने आवाजमा भिन्नता देखिएको छ । बेलायतको लन्डन, अमेरिकाको लसएन्जल र फ्रान्सको पेरिसमा सुनिने कम्पनमा कमी आएको भूकम्पीय डिटेक्टरले जानकारी दिएका छन् ।
त्यस्तै,अन्य मुलुकहरुमा पनि सुनिने आवाजमा कमी आएको बताइएको छ । अत्याधिक जनसंख्या घरभित्रै कैद भएका कारण पृथ्वीमा सुनिने आवाजमा कमी आएको हो । भूकम्पीय रिक्टर स्केल मापनका लागि मात्र होइन मानवीय क्रियाकलापको ध्वनी मापन गर्न पनि सिस्मोमिटरको प्रयोग गरिन्छ ।
विज्ञहरुका अनुसार विश्वभर लकडाउन सुरु भएयता पृथ्वीको ध्वनी कम्पनमा कमी आएको हो । पृथ्वीका विभिन्न भागमा जडान गरिएका यी मापक यन्त्रहरुले ध्वनीको मापन गरिरहेका छन् । वैज्ञानिहरुले भनेका छन, ‘कोरोनाभाइरसका कारण भएको लकडाउनका कारण पृथ्वीको सतहमा ध्वनी कम्पन कम भएको महसुस भएको छ । यो हुनुको कारण मानव गतिविधिमा आएको कमीका कारण हो ।’
वैज्ञानिकहरुले लण्डन, पेरिस, ब्रसेल्स, अकल्यान्ड र लसएन्जल्समा जडान गरिएका भूकम्पीय डिटेक्टरहरुबाट कम्पन घटेको रिपार्ट प्राप्त भएको जानकारी दिएका छन् । बेलायतको जियोलोजिकल सर्वेले पृथ्वीमा मानव गतिविधि घटेका कारण आवाजको मात्रा घटेको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण