लकडाउन प्रभावः ‘पृथ्वीको सतहमा ध्वनी कम्पन कम भएको महसुस’
एजेन्सी । कोरोना महामारीका कारण पृथ्वीका अधिकाँश मुलुकहरुमा भएको लकडाउनका कारण पृथ्वीमा सुनिने आवाजमा भिन्नता देखिएको छ । बेलायतको लन्डन, अमेरिकाको लसएन्जल र फ्रान्सको पेरिसमा सुनिने कम्पनमा कमी आएको भूकम्पीय डिटेक्टरले जानकारी दिएका छन् ।
त्यस्तै,अन्य मुलुकहरुमा पनि सुनिने आवाजमा कमी आएको बताइएको छ । अत्याधिक जनसंख्या घरभित्रै कैद भएका कारण पृथ्वीमा सुनिने आवाजमा कमी आएको हो । भूकम्पीय रिक्टर स्केल मापनका लागि मात्र होइन मानवीय क्रियाकलापको ध्वनी मापन गर्न पनि सिस्मोमिटरको प्रयोग गरिन्छ ।
विज्ञहरुका अनुसार विश्वभर लकडाउन सुरु भएयता पृथ्वीको ध्वनी कम्पनमा कमी आएको हो । पृथ्वीका विभिन्न भागमा जडान गरिएका यी मापक यन्त्रहरुले ध्वनीको मापन गरिरहेका छन् । वैज्ञानिहरुले भनेका छन, ‘कोरोनाभाइरसका कारण भएको लकडाउनका कारण पृथ्वीको सतहमा ध्वनी कम्पन कम भएको महसुस भएको छ । यो हुनुको कारण मानव गतिविधिमा आएको कमीका कारण हो ।’
वैज्ञानिकहरुले लण्डन, पेरिस, ब्रसेल्स, अकल्यान्ड र लसएन्जल्समा जडान गरिएका भूकम्पीय डिटेक्टरहरुबाट कम्पन घटेको रिपार्ट प्राप्त भएको जानकारी दिएका छन् । बेलायतको जियोलोजिकल सर्वेले पृथ्वीमा मानव गतिविधि घटेका कारण आवाजको मात्रा घटेको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय