कामना सेवाले हस्तान्तरण गर्यो १ लाख बराबरको राहत सामाग्री
धनगढी– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चैत २० गते धनगढी उप–महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
बैंकले धनगढी उप–महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी एक लाख बराबरको चामल, दाल, तेल नुनलगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको हो ।
बैंकका धनगढी शाखाप्रमुख हरी जोशी तथा अत्तरीया शाखा प्रमुख हर्ष बहादुर भण्डारीले संयुक्त रुपमा उक्त राहत सामग्री धनगडी उप–महानगपालिकाका प्रमुख नृप बहादुर वड तथाउप–प्रमुख सुशीला मिश्र भट्टमार्फत हस्तान्तरण गरे ।
प्रमुख वडले विपतको बेलामा बैंकले गरेको सहयोग प्रतिउप–महानगरपालिका तथा सम्पूर्ण नगरवासीहरुको तर्फबाट धन्यवाद दिँदै उक्त सामग्री उप–महानगरपालिकाको विपत व्ययवस्थापन कोष मार्फत वितरण गरिने बताए ।
हाल नोबेल कोरोनाभाइरस (कोभिड–१९) महामारीको रुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुंदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहत मल्ने विश्वास बैंकको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण