ट्रम्पले भारतसँग मागे मलेरियाको औषधी
आइतबार, २३ चैत २०७६, १४ : ३४
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले भारत सरकारसँग मलेरिया प्रतिरोधी औषधी हाइड्रोक्सीक्लोरोक्विन अमेरिका पठाइदिन आग्रह गरेको जानकारी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले यो औषधी कोरोनाभाइरस बिरामीको उपचारमा निकै प्रभावकारी हुनसक्ने दाबी सुझाव दिएका छन् ।
यद्यपि, स्वास्थ्य विशेषज्ञले कोरोना संक्रमणको उपचारमा यो औषधी प्रभावकारी हुन्छ भनेर दाबी गर्न कुनै आधिकारिक रिपोर्ट नभएको बताउने गरेका छन् ।
भारतले संसारभरी यो औषधी निर्यात गर्दै आएको छ तर आजकाल यो औषधीको निर्यातमा रोक लगाइएको छ । यदि कोरोनाको संक्रमण तीब्र रुपमा फैलियो आफ्ना जनताका लागि नै यो औषधीको आवश्यकता पर्ने भारतले अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण