कोरोना महामारीका बीच आयरल्याण्डका प्रधानमन्त्री डाक्टरी सेवामा फर्कने
आयरल्याण्डका प्रधानमन्त्रीले कोरोनाभाइरसको महामारीका बीच हप्ताको एकदिन डाक्टरको रुपमा आफ्नो भूमिका निर्वाह गर्ने योजना बनाएका छन् ।
लियो भाराद्कारले किङ्ग्स कलेजबाट औषधी विज्ञान अध्ययन गरेका हुन् भने डब्लिनको ट्रिनिटी कलेजबाट डाक्टरको तालिम पनि लिएका छन् । राजनीतिमा प्रवेश गर्नुअघि उनले सात वर्ष डाक्टरी पेशासमेत गरेको रोयटर्सले जानकारी दिएको छ ।
पूर्व चिकित्सक भाराद्कार आयरल्याण्डको मेडिकल रजिस्ट्रीमा पुनः समावेश हुँदै उनले आयरल्याण्डको स्वास्थ्य सेवा कार्यकारीलाई आफ्नो डाक्टरी सेवाको प्रस्ताव गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले एबीसी न्यूजलाई सोमबार जानकारी दिए ।
‘उनका परिवारका थुप्रै सदस्य र साथीहरु स्वास्थ्य सेवामा कार्यरत छन् । उनले सानै प्रयासमार्फत् भएपनि सहयोग गर्न चाहेका छन्,’ प्रधानमन्त्री कार्यालयले बताएको छ ।
भाराद्कारका बुवा डाक्टर हुन् भने आमा नर्स हुन् । द आइरिस टाइम्सका अनुसार उनकी पार्टनर, दिदी– बहिनी र भिनाजु–ज्वाईं पनि स्वास्थ्य क्षेत्रमा नै कार्यरत छन् ।
यद्यपि, प्रधानमन्त्रीले कस्तो खालको स्वास्थ्य सेवा प्रदान गर्नेछन् भन्नेबारे उनको कार्यालयले कुनै जानकारी त दिएको छैन तर द आइरिश टाइम्सका अनुसार प्रधानमन्त्रीले फोनमार्फत् अपोइन्टमेन्ट लिएर सहयोग गर्नेछन् ।
आयरल्याण्डमा कोभिड–१९ को संक्रमणको आशंका भएकाहरुलाई सुरुमा फोनमार्फत् जानकारी लिन र त्यसपछि मात्र अस्पताल जान आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण