कोरोना महामारीका बीच आयरल्याण्डका प्रधानमन्त्री डाक्टरी सेवामा फर्कने
आयरल्याण्डका प्रधानमन्त्रीले कोरोनाभाइरसको महामारीका बीच हप्ताको एकदिन डाक्टरको रुपमा आफ्नो भूमिका निर्वाह गर्ने योजना बनाएका छन् ।
लियो भाराद्कारले किङ्ग्स कलेजबाट औषधी विज्ञान अध्ययन गरेका हुन् भने डब्लिनको ट्रिनिटी कलेजबाट डाक्टरको तालिम पनि लिएका छन् । राजनीतिमा प्रवेश गर्नुअघि उनले सात वर्ष डाक्टरी पेशासमेत गरेको रोयटर्सले जानकारी दिएको छ ।
पूर्व चिकित्सक भाराद्कार आयरल्याण्डको मेडिकल रजिस्ट्रीमा पुनः समावेश हुँदै उनले आयरल्याण्डको स्वास्थ्य सेवा कार्यकारीलाई आफ्नो डाक्टरी सेवाको प्रस्ताव गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले एबीसी न्यूजलाई सोमबार जानकारी दिए ।
‘उनका परिवारका थुप्रै सदस्य र साथीहरु स्वास्थ्य सेवामा कार्यरत छन् । उनले सानै प्रयासमार्फत् भएपनि सहयोग गर्न चाहेका छन्,’ प्रधानमन्त्री कार्यालयले बताएको छ ।
भाराद्कारका बुवा डाक्टर हुन् भने आमा नर्स हुन् । द आइरिस टाइम्सका अनुसार उनकी पार्टनर, दिदी– बहिनी र भिनाजु–ज्वाईं पनि स्वास्थ्य क्षेत्रमा नै कार्यरत छन् ।
यद्यपि, प्रधानमन्त्रीले कस्तो खालको स्वास्थ्य सेवा प्रदान गर्नेछन् भन्नेबारे उनको कार्यालयले कुनै जानकारी त दिएको छैन तर द आइरिश टाइम्सका अनुसार प्रधानमन्त्रीले फोनमार्फत् अपोइन्टमेन्ट लिएर सहयोग गर्नेछन् ।
आयरल्याण्डमा कोभिड–१९ को संक्रमणको आशंका भएकाहरुलाई सुरुमा फोनमार्फत् जानकारी लिन र त्यसपछि मात्र अस्पताल जान आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभरका बजारबाट कोभिड खोप फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय
-
राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा यो वर्ष ६ वटा बाघ मृतावस्थामा भेटिए
-
आमाको मन बुझ्न वर्षौँ लाग्यो
-
फुटेको पार्टी दर्ता गर्न निर्वाचन आयोगको हतारो, भूमिकामाथि प्रश्न
-
तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान
-
उथलपुथलकाे चौथो शृङ्खलामा अमेरिकी स्वतन्त्रता सङ्ग्राम