ट्रम्पको चेतावनीपछि विश्व स्वास्थ्य संगठनले दियो यस्तो जवाफ
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना महामारीको विध्वंशबीच विश्व स्वास्थ्य संगठनको विषयमा एउटा ठूलो बयान दिएका थिए ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार भनेका थिए, ‘जब हामीले यात्रामा प्रतिबन्ध लगाएका थियौं तब विश्व स्वास्थ्य संगठनले यसको आलोचना गरेको थियो । उनीहरुको कोरोना संक्रमणको विषयमा अत्यधिक गल्ती गरेका छन् । उनीहरुले निकै अघि नै यो रोगबारे चेतावनी जारी गर्नुपर्दथ्यो ।’
साथै, विश्व स्वास्थ्य संगठनले चीन केन्द्रीत व्यवहार अनाइरहेको आरोपसमेत ट्रम्पले लगाएका थिए । आफ्नो सम्बोधनमा उनले अमेरिकाको तर्फबाट विश्व स्वास्थ्य संगठनलाई दिइने कोषबारे पनि कुरा गर्दै भने, ‘अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सबैभन्दा धेरै पैसा दिन्छ र भविष्यमा हामी यो पैसामाथि रोक लगाउँदैछौं ।’
यसबारे विश्व स्वास्थ्य संगठनको पनि जवाफ आएको छ ।
जेनेभामा एक पत्रकार सम्मेलनको क्रममा विश्व स्वास्थ्य संगठनका निर्देशक जनरल टेडरोस अधानोम गेब्रियेससले कोरोनामाथि राजनीतिकरण हुन नहुने बताएका छन् । उनले यस्तो नगर्न अपिलसमेत गरेका छन् ।
निर्देशक जनरल टेडरोसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आर्थिक सहयोगमाथि रोक लगाउने बयानबारे गरिएको प्रश्नको जवाफमा सो कुरा भनेका हुन् ।
उनले भने, ‘अहिले सबै राजनीतिक दलको ध्यान आफ्ना जनतालाई बचाउनेतर्फ केन्द्रीत हुनुपर्छ ।’
टेडरोसले भने, ‘हामीले संसारभरीका ८८ हजार बढीलाई गुमाइसकेका छौं । हामी के गरिरहेका छौं ? आफ्नो राजनीतिक महत्वकांक्षाका लागि कोभिड–१९ लाई प्रयोग गर्न कुनै आवश्यकता छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
