काठमाडौं मेरियट होटलले बाल्यो आशाको दीप
काठमाडौं— नक्सालमा अवस्थित काठमाडौं मेरियट होटलले यस्तो महामारीको अवस्थामा सम्पूर्ण अतिथिहरु र कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न विशेष कदम चालेको छ ।
होटलले यस्तो स्थितिमा पनि कोरोना रहित विश्व बनाउन चौबीसै घन्टा काम गरिरहेका कर्मचारीहरुको प्रशंसास्वरुप मुटु आकारको चिन्ह अंकित गरेको छ ।
नेपाल सरकारको निर्देशन अनुसरण गर्दै होटलले पूर्ण क्षमताले काम नगरेको भएपनि यसले होटलमा पहिले नै बसिरहेका अतिथिहरुको सेवामा यथासक्दो गरिरहेको छ । होटलमा डब्लूएचओद्वारा निर्दिष्ट रोकथामा उपायहरुको बारेमा पोस्टर र साइनबोर्डहरु राखिएको छ जसले अतिथिहरु र कर्मचारीहरुलाई शिक्षा दिदँै आइरहेको छ ।
होटलले अतिथिहरुले चेक इन गर्दा तापक्रम पनि जाँच गरिरहेको छ । कर्मचारीहरुलाई पनि अतिथिहरु कम्तीमा ३ फिटको दुरिमा बसिरहेको सुनिश्चित गर्न कडा निर्देशन दिइएको छ । यसका साथै आवश्यकता र कुनै प्रकारका मेडिकल आवश्यकतालाई सहयोग गर्न अन्य कर्मचारीहरु चौबीसै घण्टा उपलब्ध छन् ।
ब्रेड र अन्य बेकरी आइटम अर्डरका लागि होटेलको पेटिसेरी र काठमाडौं बकिङ्ग कम्पनी पनि खुल्ला रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण