बलिउड अभिनेत्री : जो घरेलु हिंसाको शिकार भए

घरेलु हिंसाको शिकार सामान्य महिला मात्रै होइन सेलिब्रेटी पनि उत्तिकै भएका छन् । निकै चर्चित महिलाहरु पनि घरेलु हिंसाको शिकार भएका छन् । यसका केही उदाहरण हुन् बलिउड अभिनेत्रीहरु । जो आफ्ना पतिबाट हिंसाको शिकार भएका थिए ।
करिश्मा कपूरले आफ्ना श्रीमानले अत्याचार गरेको खुलाएकी थिइन् । प्रसिद्ध अभिनेत्री हुँदाहुँदै पनि उनले १३ वर्ष श्रीमानको हिंसाको शिकार भइरहिन् । उनले जब कुटपिट, बेइज्जती सहन सकिनन् त्यसपछि सम्बन्धविच्छेद गरिन् ।
श्वेता तिवारी पनि घरेलु हिंसाको शिकार भइन् । उनी पहिलो श्रीमान राजा चौधरी र दोस्रो श्रीमान अभिनव कोहली दुवैको हिंसाको शिकार भइन् । अभिनवले श्वेता र उनकी छोरीमाथि कुटपिट गर्न सुरु गरेपछि श्वेताले सहिनन् र तुरुन्त छोडिदिइन् ।
कुनै समयकी बोल्ड अभिनेत्री जीनत अमानलाई उनका श्रीमानले पूरै होटलका कर्मचारीको अगाडि पिटेका थिए । जसको कारण उनको आँखामा समस्या आयो भने उनको बंगरासमेत भाँचिएको थियो ।
८० को दशकमा चर्चित बनेकी अभिनेत्री रति अग्निहोत्री पनि घरेलु हिंसाको शिकार भएकी थिइन् । उनले सन् १९८५ मा अनिल विरवानीसँग विवाह गरेकी थिइन् । उनका श्रीमानले उनलाई कुटपिट गर्ने गर्थे ।
डिम्पीका श्रीमान राहुलले उनलाई बारम्बार कुटपिट गर्ने गर्थे । विवाह भएको ४ महिनामै दुवैको सम्बन्ध बिग्रियो र उनीहरुको सम्बन्धविच्छेद भयो ।
बलिउड र टेलिभिजनमा परिचित अनुहार दीपशिखा नागपाल पनि घरेलु हिंसाको शिकार भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
खानेपानीको समस्याबाट मुक्ति
-
प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी, के च्याम्पियन्स लिग सुरक्षित गर्लान् ?
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण विस्तार