बलिउड अभिनेत्री : जो घरेलु हिंसाको शिकार भए
घरेलु हिंसाको शिकार सामान्य महिला मात्रै होइन सेलिब्रेटी पनि उत्तिकै भएका छन् । निकै चर्चित महिलाहरु पनि घरेलु हिंसाको शिकार भएका छन् । यसका केही उदाहरण हुन् बलिउड अभिनेत्रीहरु । जो आफ्ना पतिबाट हिंसाको शिकार भएका थिए ।
करिश्मा कपूरले आफ्ना श्रीमानले अत्याचार गरेको खुलाएकी थिइन् । प्रसिद्ध अभिनेत्री हुँदाहुँदै पनि उनले १३ वर्ष श्रीमानको हिंसाको शिकार भइरहिन् । उनले जब कुटपिट, बेइज्जती सहन सकिनन् त्यसपछि सम्बन्धविच्छेद गरिन् ।
श्वेता तिवारी पनि घरेलु हिंसाको शिकार भइन् । उनी पहिलो श्रीमान राजा चौधरी र दोस्रो श्रीमान अभिनव कोहली दुवैको हिंसाको शिकार भइन् । अभिनवले श्वेता र उनकी छोरीमाथि कुटपिट गर्न सुरु गरेपछि श्वेताले सहिनन् र तुरुन्त छोडिदिइन् ।
कुनै समयकी बोल्ड अभिनेत्री जीनत अमानलाई उनका श्रीमानले पूरै होटलका कर्मचारीको अगाडि पिटेका थिए । जसको कारण उनको आँखामा समस्या आयो भने उनको बंगरासमेत भाँचिएको थियो ।
८० को दशकमा चर्चित बनेकी अभिनेत्री रति अग्निहोत्री पनि घरेलु हिंसाको शिकार भएकी थिइन् । उनले सन् १९८५ मा अनिल विरवानीसँग विवाह गरेकी थिइन् । उनका श्रीमानले उनलाई कुटपिट गर्ने गर्थे ।
डिम्पीका श्रीमान राहुलले उनलाई बारम्बार कुटपिट गर्ने गर्थे । विवाह भएको ४ महिनामै दुवैको सम्बन्ध बिग्रियो र उनीहरुको सम्बन्धविच्छेद भयो ।
बलिउड र टेलिभिजनमा परिचित अनुहार दीपशिखा नागपाल पनि घरेलु हिंसाको शिकार भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण