राजधानीमै भेटिन थाल्यो अखाद्य सामाग्री, दुईदेखि तीन लाखसम्म ठाउँको ठाउँ जरिवाना
नार्गाजुन नगरपालिकामा राहत वितरण गरेको तेल म्याद नाघेको भेटिएको छ । नागार्जुन नगरपालिका ४ मा राहत प्राप्त गरेको ब्यक्तिहरूले प्रहरीमा गुनासो गरेपश्चात तेलमा म्याद नाघेको भेटिएको हो ।

महानगरीय प्रहरी बृत्त स्वयम्भुका प्रमुख लाल ध्वज सुवेदीले नगरपालिकाको वडा नम्बर ४ मा राहतका लागि बितरण गरिएको स्वस्तिक तेलको मिति नाघेको पाएपछि अनुगमनको क्रममा नागार्जुन न.पा. ४ बाफल सितापाइलामा न्यू बि. के. स्टोरले राहातको सामग्रीमा म्याद नाघेको सामान प्याकिङ गरी बिक्री गरेको पाइएको बताए ।
प्रहरीले बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागलाई खवर गरेपछि म्याद नाघेको २ सय लिटर तेल रहेको पुष्टि भएको थियो ।
बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रविन्द्र आर्चायले उक्त तेल वितरक यू बि. के. स्टेरलाई उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (ठ)(ड) ३८ (ङ) को कसुरमा ३९ (ख) वमोजिम रु ३ लाख जरिवाना गरिएको बताए । विभाग र प्रहरीको संयुक्त टोलीले मिती गुर्जिएको ८० प्याकेट तेल नियन्त्रणमा लिई नष्ट गरेको छ ।
त्यस्तै बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनको क्रममा कंलकी १४ एलआरआई स्कुल नजिकै रहेको चितवन खाद्य सप्लाईसमा समेत छापा हानेको छ । मलेन्द्र बहादुर सिलवालले सञ्चालन गरेको ग्यास स्टोरमा लेवलिङ नभएको मूल्य सुचि नभएको भन्दै दुई लाख जरिवाना गरिएको निर्देशक आचार्यको भनाइ छ त्यस्तै विभागको टोलीले कालिमाटी, कुलेश्वर र बल्खु क्षेत्रमा पाँच वटा खाद्यान्नमा दुई वटा तरकारी पसल र तीन ओटा खाद्यान्न पसलको समेत अनुगमन गरेकोमा सन्तोषजनक पाइएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण