‘गुड फ्राइडे’ बारे ट्वीट गरेर किन ट्रोल भए अमेरिकी राष्ट्रपति ट्रम्प ?
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गुड फ्राइडेबारे गरिएको एक ट्वीटका कारण ट्रोलिङको सामना गर्नुपरेको छ ।
ट्वीटर प्रयोगकर्ताले उनको यो ट्वीटमाथि विभिन्न प्रकारका टिकाटिप्पणी गरेका छन् ।
कतिले उनको धार्मिक बुझाईमाथि प्रश्न उठाए तर कतिले उनको ट्वीटमा टिप्पणी गर्दै आफ्नो अनुभव सुनाए ।
आखिर किन ट्रोल भए ट्रम्प ?
डोनल्ड ट्रम्पले शुक्रबार आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट ट्वीट गर्र्द लेखे, ‘सबैलाई ‘ह्याप्पी गुड फ्राइडे’ ।’
तर ईसाई धर्मका अनुसार गुड फ्राइडे त्यो दिनलाई मानिन्छ जुन दिन ईसा मसिहलाई सुलीमा चढाइएको थियो ।
यस्तोमा यो मानिन्छ कि ईसाई समुदायका लागि यो एक दुःखको दिन हो । यो दिन मानिसहरु मुख्य रुपमा प्रार्थनामात्रै गर्छन् ।
ट्रम्पको यो ट्वीटमा टिप्पणी गर्दै टम निकोलस लेख्छन्, ‘उनलाई थाहै छैन कि होली फ्राइडेको अर्थ के हो ?’

एक पत्रकार लरी ए कार्टर लेख्छिन्, ‘म साँच्चै नै गुड फ्राइडेलाई उत्सवकै रुपमा मनाउनुपर्ने चाडको रुपमा मान्दिनँ । के म गलत हुँ ?’

डेभिड लेख्छन्, ‘यो एक दुःखको दिन हो । खुसीको दिन त आइतबार हो । ’

यस्तै, एक भारतीय पत्रकार अमित मिश्राले लेखेका छन्, ‘यी व्यक्ति कुन माटोले बनेका हुन् यार...’


रक्षा विशेषज्ञ उदय भाष्कर लेख्छन्, ‘यो खुसीयालीपूर्वक मनाउने हो कि आशिर्वादका साथ ?’

यस्तै, अर्का ट्वीटर प्रयोगकर्ता राम प्रसाद लेख्छन्, ‘कुनै पत्रकारले यसबारे प्रश्न सोधुन् भन्ने म चाहन्छु । र ट्रम्पको यो प्रश्नलाई यसरी घुमाउनु कि उनले भनुन्, ‘म एक अत्यधिक सकारात्मक व्यक्ति हुँ । यो सधैंजसो खुसी भएर बिताउने दिन थियो । र यसलाई दुःखको दिन बताउनु भ्रामक समाचार हो । तिमी निकै गलत र नकारात्मक प्रवृत्तिका पत्रकार हौ ।’’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण