कोरोनाः इटलीमा भन्दा अमेरिकामा बढी मृत्यु, मृतकको संख्या साढे २० हजार पार
आइतबार, ३० चैत २०७६, ०६ : ४६
कोरोनाभाइरसको संक्रमणका कारण धेरै मृत्यु हुने देशको सूचीमा इटली पर्दथ्यो तर नयाँ आँकडा अनुसार अमेरिकामा सबैभन्दा धेरै मृत्यु भएको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा एकैदिन १८ सय ३० को मृत्यु भएपछि यहाँ मृतकको संख्या २० हजार ५ सय ७७ पुगेको छ ।
यहाँ एकैदिन ३० हजार ३ जना नयाँ संक्रमित पनि भेटिएका छन् । हालसम्म यहाँ कूल संक्रमितको संख्या ५ लाख ३२ हजार ८ सय ७९ पुगेको छ जसमध्ये ११ हजार ४ सय ७१ को अवस्था चिन्ताजनक छ ।
यस्तै, इटलीमा हालसम्म मृतकको कूल संख्या १९ हजार ४ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा यहाँ ६ सय १९ जनाको मृत्यु भएको थियो । साथै, एकैदिन ४ हजार ६ सय ९४ नयाँ संक्रमित थपिएपछि संक्रमितको कूल संख्या १ लाख ५२ हजार २ सय ७१ पुगेको छ ।
संक्रमितमध्ये ३ हजार ३ सय ८१ को अवस्था गम्भीर छ भने ३२ हजार ५ सय ३४ संक्रमित निको भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण