बेलायती प्रधानमन्त्रीले अस्पतालबाटै लगातार सोधिरहेछन् गर्भवती तथा संक्रमित प्रेमिकाको स्वास्थ्य स्थिती
आइतबार, ३० चैत २०७६, ०७ : ०५
बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको कार्यालयले प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी दिएको छ ।
५५ वर्षीय बोरिस जोनसोनलाई कोरोनाभाइरस संक्रमित पाइएको १० दिनपछि गत आइतबार अस्पताल भर्ना गरिएको थियो ।
त्यहाँ आइसीयूमा तीन दिन बिताएपछि बिहिबार उनलाई साधारण वार्डमा सारिएको छ ।
उनको कार्यालयले दिएको जानकारी अनुसार अस्पतालमा पनि उनी आफ्नी गर्भवती प्रेमिका क्यारी साइमण्ड्ससँग लगातार सम्पर्कमा छन् र उनको गर्भवस्थाको स्क्यान प्राप्त गरिरहेका छन् ।
क्यारीमा पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि क्वारेटाइनमा बसिरहेकी छिन् ।
बेलायती प्रधानमन्त्री अस्पतालमा फिल्म हेरेर र सुडोकु सुल्झाएर समय बिताइरहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण