शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रामायणको ज्ञानबारे मुकेश खन्नाले सोनाक्षी सिन्हामाथि उठाएका थिए प्रश्न, शत्रुघ्न सिन्हाले दिए कडा जवाफ

आइतबार, ३० चैत २०७६, ०९ : १४
आइतबार, ३० चैत २०७६

लकडाउनको समयमा भारतीय टिभी च्यानलमा रामायण र महाभारतजस्ता पौराणिक श्रृङ्खलाको पुनः प्रसारणले प्रशंसकलाई खुसी बनाइदिएको छ । यस्तै, कौन बनेगा करोडपती ११ मा रामायणमाथि सोधिएका एक प्रश्नको जवाफ दिन नसकेका कारण सोनाक्षी सिन्हा अहिलेसम्म पनि पन्छिन सकेकी छैनन् । एक अन्तर्वार्तामा महाभारतका नायक मुकेश खन्नाले सोनाक्षीसँग जोडिएको यो विवाद पुनः कोट्याएका छन् ।

उनले उक्त टेलिश्रृङ्खलाको पुनः प्रसारणले पौराणीक गाथाबारे केही थाहा नभएका व्यक्तिलाई सहयोग गर्ने बताएका थिए । त्यतिबेला उनले सोनाक्षी सिन्हाको पनि नाम लिएका थिए जसले केबीसी ११ मा हनुमानले कसका लागि संजीवनी बुटी ल्याएका थिए भन्ने प्रश्नको जवाफ दिन सकेकी थिइनन् । यस्तोमा सोनाक्षीमाथि मुकेश खन्नाको टिप्पणीपछि उनको बचाउमा उनका पिता शत्रुघ्न सिन्हा उत्रिएका छन् ।

शत्रुघ्नले दिए कडा जवाफः

एक अन्तर्वार्तामा शत्रुघ्नले भने, ‘मलाई लाग्छ कि रामायणबारे सोधिएको प्रश्नको जवाफ दिन नसक्दा कसैलाई सोनाक्षीमाथि समस्या छ । सबैभन्दा पहिलो कुरा त रामायणसम्बन्धि कुनै पनि कुराका लागि यी व्यक्तिलाई कसले विज्ञको रुपमा उभ्याएको छ र कसले उनलाई हिन्दु धर्मको संरक्षकको रुपमा नियुक्त गरेका छन् ? मलाई आफ्ना तीनै सन्तानमाथि गर्व छ । सोनाक्षी आफैंले दुःख गरेर एक स्टार बनेकी हुन् । मैले कहिले पनि उनको करियरलाई लञ्च गर्नुपरेन । उनी यस्ती छोरी हुन् जसमाथि हरेक पिताले गर्व गर्छन् । रामायणको प्रश्नको जवाफ नदिँदा सोनाक्षीलाई एक राम्रो हिन्दु हुनका लागि अयोग्य घोषित गर्न सकिँदैन । उनलाई कसैको प्रमाणपत्रको आवश्यकता पनि छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप