लकडाउनपछि बिग्रियो स्थिति, टर्कीका गृहमन्त्रीले दिए राजीनामा
टर्कीका गृहमन्त्री सुलेमानी सोयलुले लकडाउन लागू गर्न असफल भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । सुलेमानलाई टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनको निकै नजिक भएको मानिन्छ । टर्कीका सबै ३१ शहरमा लकडाउन घोषणा गरिएको थियो तर घोषणालगत्तै तनावग्रस्त स्थिति पैदा भएको थियो ।
त्यहाँको सरकारले शुक्रबार राति ४८ घण्टाको लकडाउन घोषणा गरेको थियो । शुक्रबार मध्यरातदेखि मानिसहरु आफ्नो घरबाट बाहिर निस्कन पाउँदैनथे तर लकडाउनको घोषणालगत्तै मानिसहरु किराना पसल र बेकरी सपमा सामान खरिद गर्नका लागि ह्वारह्वार्ती निस्कन थाले । हेर्दा हेर्दै स्थिति तनावपूर्ण हुन थाल्यो । प्रशासनले दैनिक उपभोग्य वस्तु तथा औषधिको खरिदमा कुनै प्रतिबन्ध नलाग्ने भनेर सम्झाए पनि स्थिति नियन्त्रणमा आउन सकेन ।
तत्पश्चात्, तत्काल कर्फ्यू लागू गरेपछि सर्वसाधारण र विपक्षी नेताले भयंकर आलोचना गर्न थाले । इस्तानबुलमा १.६ करोड बस्छन् र मानिसहरु हतारहतार किनमेलका लागि बाहिर निस्कन थाले । शहरका मेयरले ट्वीटरमा भिडियो पोस्ट गर्दै आफूहरुलाई लकडाउनको विषयमा पहिले नै सूचित नगरिएको बताए ।
— Süleyman Soylu (@suleymansoylu) April 12, 2020
पछि गृहमन्त्री सुलेमानले यस्तो स्थितिको पूर्ण जिम्मेवारी लिँदै ट्वीटरमा आफूले राजीनामा दिएको घोषणा गरे ।
सुलेमानीले ट्वीटरमा लेखे, ‘मैले जनताको सुरक्षाका लागि निर्णय लिएको थिएँ । यो संक्रमण रोक्नका लागि थियो ।’
टर्कीमा यस्तो प्रकारको राजीनामा कमै हुन्छ । अन्तिम पटक सन् २०१३ मा एक मन्त्रीले राजीनामा दिएका थिए । टर्कीमा पनि कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको छ ।
आइतबार कोरोनाभाइरसको कूल ५६ हजार ९ सय ५६ संक्रमित फेला परिसकेका छन् । यद्यपि, राष्ट्रपति अर्दोआनले राजीनामा स्वीकार गरेका भने छैनन् । अर्दोआनले सुलेमान आफ्नो पदमा रहिरहने जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण