ट्रोलरले सोधे, ‘ऐश्वर्या कहाँ छिन्, बुढो’: अमिताभले दिए कडा जवाफ
अमिताभ बच्चनले सोमबार बैसाखी पर्वको लागि शुभकामना दिए । यसका लागि उनले आफ्नो फिल्म ‘सुहाग’ को एउटा गीत ‘तेरी रब ने बना दी जोडी’ को एउटा तस्बिर आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरे । जसमा उनी भांगडा गरिरहेको देखिएका छन् । अमिताभको यो पोस्टमा एक ट्रोलरले अमिताभलाई ऐश्वर्याबारे सोधेका छन् ।
अमिताभले दिए कडा जवाफः
इन्स्टाग्राम प्रयोगकर्ता अक्षय शर्माले अमिताभको उक्त पोष्टमा सोधे, ‘ऐश्वर्या कहाँ छिन्, बुढो ?’ साधारणतया ट्रोलरलाई जवाफ नदिने अमिताभले उनको कमेन्टमा भने जवाफ फर्काएका छन् । उनले लेखे, ‘उनी त्यहाँ छिन् जहाँ तपाईं कहिले पनि पुग्न सक्नुहुन्नँ, बाफ रे बाफ !’
त्यसपछि अक्षय शर्माले उनलाई जवाफ दिँदै भने, ‘तपाईंले त नराम्रो मान्नुभयो जस्तो छ सर । मन पराउने व्यक्तिसँग यसरी कोही रिसाउँछ र ?’
प्रशंसकले गरे तारिफः
अमिताभको यस्तो जवाफ सुनेर उनका प्रशंसकले उनको तारिफ गरेका छन् । ट्रोलरलाई पाठ सिकएको भन्दै एक प्रशंसकले लेखे, ‘मज्जाले धोइदिनु भयो सर’ । अर्का प्रशंसकले लेखे, ‘तपाईं सोसल मिडियामा यस्ता गधाहरुलाई वास्तै नगर्नुहोस् जसरी अन्य स्टार्स गर्छन् । यस्ता व्यक्ति तपाईंको जवाफको लायक छैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण