ट्रोलरले सोधे, ‘ऐश्वर्या कहाँ छिन्, बुढो’: अमिताभले दिए कडा जवाफ

अमिताभ बच्चनले सोमबार बैसाखी पर्वको लागि शुभकामना दिए । यसका लागि उनले आफ्नो फिल्म ‘सुहाग’ को एउटा गीत ‘तेरी रब ने बना दी जोडी’ को एउटा तस्बिर आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरे । जसमा उनी भांगडा गरिरहेको देखिएका छन् । अमिताभको यो पोस्टमा एक ट्रोलरले अमिताभलाई ऐश्वर्याबारे सोधेका छन् ।
अमिताभले दिए कडा जवाफः
इन्स्टाग्राम प्रयोगकर्ता अक्षय शर्माले अमिताभको उक्त पोष्टमा सोधे, ‘ऐश्वर्या कहाँ छिन्, बुढो ?’ साधारणतया ट्रोलरलाई जवाफ नदिने अमिताभले उनको कमेन्टमा भने जवाफ फर्काएका छन् । उनले लेखे, ‘उनी त्यहाँ छिन् जहाँ तपाईं कहिले पनि पुग्न सक्नुहुन्नँ, बाफ रे बाफ !’
त्यसपछि अक्षय शर्माले उनलाई जवाफ दिँदै भने, ‘तपाईंले त नराम्रो मान्नुभयो जस्तो छ सर । मन पराउने व्यक्तिसँग यसरी कोही रिसाउँछ र ?’
प्रशंसकले गरे तारिफः
अमिताभको यस्तो जवाफ सुनेर उनका प्रशंसकले उनको तारिफ गरेका छन् । ट्रोलरलाई पाठ सिकएको भन्दै एक प्रशंसकले लेखे, ‘मज्जाले धोइदिनु भयो सर’ । अर्का प्रशंसकले लेखे, ‘तपाईं सोसल मिडियामा यस्ता गधाहरुलाई वास्तै नगर्नुहोस् जसरी अन्य स्टार्स गर्छन् । यस्ता व्यक्ति तपाईंको जवाफको लायक छैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न