शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको नियम पहिलेभन्दा कठोर हुनेः मोदी

मङ्गलबार, ०२ वैशाख २०७७, १० : ४३
मङ्गलबार, ०२ वैशाख २०७७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन बढाएपछि पहिलाको भन्दा पनि बढी सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनले यसमा थप कठोरता लागू गरिने बताएका छन् । मोदीले २० अप्रिलसम्म लकडाउनको कति पालना भइरहेको छ त्यसको मूल्यांकन लगातार गरिने बताएका छन्  ।

२० अप्रिलपछि सशर्त केही छुट दिइने:

मोदीले यदि लकडाउन राम्रोसँग पालना गरिए अप्रिल २० पछि केही छुट दिइने पनि बताएका छन् ।

तर उनले यी छुट अत्यधिक शर्तसहित लागू गरिने बताएका छन् । यद्यपि, यदि कुनै पनि इलाकामा कोरोनाको संक्रमण देखिन्छ भने ती अनुमती पुनः फिर्ता लिइने उनले बताएका छन् । पछिल्लो २६ दिनमा मोदीको यो चौथो राष्ट्रको नाममा सम्बोधन हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप