सोनाक्षीमाथि दिइएको बयानमा मुकेशले दिए स्पष्टिकरणः 'शत्रुजीलाई मैले गल्ती गरेँ जस्तो लाग्छ भने ठिक छ, गरेँ’
लकडाउनमा रामायण र महाभारतजस्ता पौराणिक धारावाहिक पुनः प्रशारण हुँदा प्रशंसक खुसी भएका छन् तर सोनाक्षी सिन्हामाथि उठेको विवाद भने रोकिएको छैन । केही दिनअघि महाभारतमा भीष्म पितामहको भूमिका निभाउने मुकेश खन्नाले सोनाक्षीमाथि गरिएको टिप्पणीमाथि उनका पिता शत्रुघ्न सिन्हालाई मन परेन जसमाथि मुकेश खन्नाले आफ्नो प्रतिक्रिया दिएका छन् ।
मुकेश खन्नाले दिए स्पष्टिकरणः
मुकेश खन्नाले टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा भनिन्, ‘मानिसहरुले मेरो कमेन्टको गलत अर्थ निकाले र त्यसलाई गलत तरिकाले शत्रुजीसम्म पुर्याए । म उहाँलाई पछिल्लो धेरै समयदेखि चिन्दछु र सम्मान पनि गर्छु । मैले उदाहरणका लागि मात्रै सोनाक्षीको नाम लिएको थिएँ । यसको अर्थ मैले सोनाक्षीलाई तल खसालेर कुरा गर्न चाहेको थिइनँ, मैले न नै उनको ज्ञानमाथि प्रश्न उठाइरहेको थिएँ । मेरो उद्देश्य उनलाई टार्गेट गर्नु थिएन । यदि शत्रुजीलाई लाग्छ कि सोनाक्षीको नाम लिनु मेरो गल्ती थियो भने ठिक छ गल्ती भयो, तर मैले जानीजानी यस्तो गरेको थिइनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखा समितिको निर्देशनका कारण आईपीओ रोकिएका यी हुन् १२ कम्पनी (सूचीसहित)
-
भारत र पाकिस्तानबिच बढ्दो तनावप्रति नेपालको गहिरो चिन्ता
-
सरकारसँग बहुमत भएकाले ऐन कानून बनाउने उपयुक्त समय : एनपी साउँद
-
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
युद्धमा गोली मात्रै चल्दैन, सूचना युद्ध पनि चल्छ
-
लुम्बिनी प्रदेशमा जलाधार क्षेत्र संरक्षण विधेयक आउँछ : सभामुख घर्तिमगर