सोनाक्षीमाथि दिइएको बयानमा मुकेशले दिए स्पष्टिकरणः 'शत्रुजीलाई मैले गल्ती गरेँ जस्तो लाग्छ भने ठिक छ, गरेँ’
लकडाउनमा रामायण र महाभारतजस्ता पौराणिक धारावाहिक पुनः प्रशारण हुँदा प्रशंसक खुसी भएका छन् तर सोनाक्षी सिन्हामाथि उठेको विवाद भने रोकिएको छैन । केही दिनअघि महाभारतमा भीष्म पितामहको भूमिका निभाउने मुकेश खन्नाले सोनाक्षीमाथि गरिएको टिप्पणीमाथि उनका पिता शत्रुघ्न सिन्हालाई मन परेन जसमाथि मुकेश खन्नाले आफ्नो प्रतिक्रिया दिएका छन् ।
मुकेश खन्नाले दिए स्पष्टिकरणः
मुकेश खन्नाले टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा भनिन्, ‘मानिसहरुले मेरो कमेन्टको गलत अर्थ निकाले र त्यसलाई गलत तरिकाले शत्रुजीसम्म पुर्याए । म उहाँलाई पछिल्लो धेरै समयदेखि चिन्दछु र सम्मान पनि गर्छु । मैले उदाहरणका लागि मात्रै सोनाक्षीको नाम लिएको थिएँ । यसको अर्थ मैले सोनाक्षीलाई तल खसालेर कुरा गर्न चाहेको थिइनँ, मैले न नै उनको ज्ञानमाथि प्रश्न उठाइरहेको थिएँ । मेरो उद्देश्य उनलाई टार्गेट गर्नु थिएन । यदि शत्रुजीलाई लाग्छ कि सोनाक्षीको नाम लिनु मेरो गल्ती थियो भने ठिक छ गल्ती भयो, तर मैले जानीजानी यस्तो गरेको थिइनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण