कोरोनाभाइरसः ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम रोके
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम बन्द गर्न आफूले प्रशासनलाई निर्देशन दिएकबो जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संक्रमण रोक्नका लागि आधारभूत काम गर्न पनि असफल भएको आरोप लगाए । उनले भने, ‘जब चीनबाट कोरोनाभाइरसको संक्रमणको सुरुवात भयो तब संयुक्त राष्ट्रको यो संगठनले यसलाई सम्हाल्न असफल रह्यो र वास्तविक तस्बिर लुकाइरह्यो ।’
यसअघि ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई ‘चीन परस्त’ भएको आरोपसमेत लगाएका थिए ।
अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सबैभन्दा धेरै रकम दिँदै आएको छ । गत वर्ष अमेरिकाले संगठनलाई ४० करोड डलर दिएको थियो । ह्वाइट हाउसको रोज गार्डेनमा बोल्दै ट्रम्पले देशमा सबैकुरा सामान्य गर्नका लागि सुक्ष्म तरिकाले काम भइरहेको छ । ट्रम्पले भने, ‘म सबै ५० गभर्नरसँग चाँडै नै कुरा गर्नेछु । सबै राज्यका सबै गर्भनरलाई योजनाअनुसार काम गर्न जिम्मेवारी दिइनेछ ।’
ट्रम्पले थपे, ‘अमेरिकाले विश्व स्वास्थ्य संगठलाई हरेक वर्ष ४० देखि ५० करोड डलर दिन्छ जबकी चीनले चार करोड मात्रै दिन्छ । संगठनले यदि चीनमा गएर स्थिती हेरेको भए र त्यहाँको स्थितीबारे पारदर्शी ढङ्गले जानकारी दिएको भए अहिले जस्तो भयावह स्थिती छ त्यो कहिले पनि निम्तिने थिएन ।’
ट्रम्पले कोरोनाभाइरस संक्रमण रोक्नका लागि विश्व स्वास्थ्य संगठनको कस्तो भूमिका रह्यो त्यसको समीक्षा पनि गरिने जानकारी दिए ।
संसारभरी कोरोनाभाइरसको महामारी फैलिरहेका बेला ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोकेका छन् । यसअघि ट्रम्पले संयुक्त राष्ट्रलाई दिइने रकममाथि पनि प्रश्न उठाएका थिए र अन्तर्राष्ट्रिय जलवायु सम्झौताबाट पनि अमेरिकालाई अलग्गयाएका थिए । ट्रम्पको निशानामा वर्ल्ड ट्रेड ओर्गनाइजेशनमा पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण