बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बुङ्मतिमा यसरी गरियो -यापिड परीक्षण, तस्विरमा हेर्नुहोस्

बुधबार, ०३ वैशाख २०७७, १३ : ५६
बुधबार, ०३ वैशाख २०७७

नेपाल कोरोनाभाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेसँगै सरकारले संक्रमण भए–नभएको यकिन गर्न कोभिड–१९ को परीक्षणलाई तीव्रता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको अब लक्ष्य भनेको परीक्षणको दायरालाई फराकिलो बनाउनु नै रहेको जनाएको छ । अहिले विशेष गरेर -यापिड डाययोनिष्टिक टेस्ट (आरडीटी) र पीसीआर प्रविधिबाट कोरोनाभाइरस संक्रमणको परीक्षण गरिँदै आएको छ । बुधबार ललितपुरको बुङ्गमतिमा आरडीटी प्रविधिबाट कोभिड–१९ को परीक्षण गरिएको छ । समाचार तयार पर्दासम्म ५८ जनाको परीक्षण भइसकेको छ । सबैको नतिजा नेगेटिभ आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप